मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभुरपुल बर्नमाउथसँग पराजित

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २८, २०७९
|
|
२४ पटक हेरिएको
Shares
मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभुरपुल बर्नमाउथसँग पराजित

सारांश

  • काठमाडाैं।
  • पेनाल्टीलाई सदपुयोग गर्न नसक्दा लिभरपुलले इङ्लिस प्रिमियर लिगमा हार पराजित हुन पुगेको छ।
  • अघिल्लो खेलमा म्यानचेस्टर युनाइटेडलाई ७–० ले पराजित गर्दै लय फर्किएको लिभरपुल बर्न माउथसँग पराजित भएको हो।

काठमाडाैं। पेनाल्टीलाई सदपुयोग गर्न नसक्दा लिभरपुलले इङ्लिस प्रिमियर लिगमा हार पराजित हुन पुगेको छ। अघिल्लो खेलमा म्यानचेस्टर युनाइटेडलाई ७–० ले पराजित गर्दै लय फर्किएको लिभरपुल बर्न माउथसँग पराजित भएको हो। शनिबार भएको खेलमा लिभरपुल बर्नमाउथसँग १–० गोलअन्तरले पराजित भएको हो।

लिभरपुललाई आफ्नो घरेलु मैदानमा पराजित गर्ने क्रममा बर्नमाउथका फिलिप वालिङले २८ औँ मिनेटमा गोल गरे, जुन गोल लिभरपुलको हारका लागि निर्णायक हुन पुगिदियो। पहिलो हाफमा गोल खाएर दबाबमा परेको लिभरपुलले दोस्रो हाफमा पेनाल्टी अवसर पाए पनि त्यसलाई सदपुयोग गर्न भने सकेन।
दाेस्रो हाफको ७० औँ मिनेटमा मोहम्मद सलाहले गोलमा परिणत गर्न सकेनन्। पेनाल्टीमा चुक्दा उननको प्रहार पोस्टबाट बाहिरिन पुग्यो । र, लिभरपुलको अघिल्लो खेलमा देखाएको दाजु यस खेलमा निराशामा परिणत हुन पुग्यो।

लिभरपुल भने ४२ अंकसहित लिगको पाँचौँ स्थानमा छ भने बर्नमाउथले २६ खेलबाट २४ अंकमा सीमित छ ।

(musclemx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?