महिना दिन नपुग्दै अण्डाको मुल्य बढाउंँदा उपभोत्ता मारमा !!!

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १०, २०७३
|
|
२३७ पटक हेरिएको
Shares
महिना दिन नपुग्दै अण्डाको मुल्य बढाउंँदा उपभोत्ता मारमा !!!

सारांश

  • गत महिना मात्रै बढेको अण्डाको मुल्य फेरी बढाइएको छ ।
  • अण्डाको मुल्य पटक पटक बढेसगैं उपभोत्ता भने चर्को मुल्यको मारमा परेका छन।
  • नेपाल अण्डा उत्पादक संघले नेपालको इतिहासमै कृषकहरुले सबैभन्दा उच्च मुल्य पाएको बताएको छ।
गत महिना मात्रै बढेको अण्डाको मुल्य फेरी बढाइएको छ । अण्डाको मुल्य पटक पटक बढेसगैं उपभोत्ता भने चर्को मुल्यको मारमा परेका छन। नेपाल अण्डा उत्पादक संघले नेपालको इतिहासमै कृषकहरुले सबैभन्दा उच्च मुल्य पाएको बताएको छ। अण्डा उत्पादक संघको निर्णय अनुसार गत मंसीर २० गतेबाट लागु हुने गरी मूल्य बढाइएको थियो, जस अनुसार ठुलो अण्डा फार्म मूल्य रु ३४० र बिक्री मुल्य रु ३४५ कायम गरिएको थियो । मिडीयम अण्डा प्रति क्रेट फार्म मूल्य रु ३२५ र बिक्री मूल्य रु ३३० कायम गरिएको थियो । तर संघले फेरी २०७३÷९÷÷९ देखी लागु हुने गरि चितवन लाई आधारमानी अण्डाको मूल्य निम्नानुसार निर्धारण भएको संघले जनाएको छ । जस अनुसार ठुलो अण्डा को फार्म मुल्य प्रती क्रेट रु ३५५र बिक्री रु ३६५र, मिडियम फार्म रु ३४०र बिक्री रु ३५० कायम गरिएको छ। अहिलेसम्म प्रति गोटा रु १५ मा खरिद गरेका उपभोत्ताले फेरी चर्को मुल्य तिर्नु पर्नेछ। पोल्ट्री व्यवसायमा सरकारको कुनै मापदण्ड र भूमिका नरहेको हुंँदा व्यवसायीको मनामानी ढंगले चर्को मुल्य तिर्नु परेको गुनासो उपभोत्ताको छ । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम के.सी. ले गत बर्ष भएको नाकाबन्दी, भूकम्पका कारण कुखुरापालनमा कमी आएका कारण उत्पादन पनि कमी आएको, बताउंदै आउनु भएको छ। नेपालमा अण्डाको उत्पादन घट्नु र माग बढ्दै जानुका कारण अस्वभाविक रुपमा अण्डाको मुल्य बढाउनु परेको उहांँको भनाई छ । जाडो समयमा अण्डाको खपत बढी हुने साथै पर्यटक र मेला, महोत्सवको समेत सिजन भएकाले अण्डाको माग बढेको उहांँको दाबी छ। चितवनमा दैनिक ९ लाख अण्डा उत्पादन हुदै आएको छ । उत्पादनको करीब ९० प्रतिशत अण्डा काठमाडौ,पोखरा लगायत पूर्वी नेपालमा जाने गरेको के.सी.ले बताउनुभयो।
सुर्य प्रसाद अधिकारी
शिखरन्युज्, सम्पादाता

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?