श्रीमतीको हत्या गरेको अभियोगमा पति र भाउजु पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १८, २०७९
|
|
२४ पटक हेरिएको
Shares
श्रीमतीको हत्या गरेको अभियोगमा पति र भाउजु पक्राउ

सारांश

  • काठमाडौ ।
  • आफ्नै श्रीमती हत्या गरेको अभियोगमा बाराबाट एक जना युवक पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा महागढीमाई नगरपालिका ३ गंजभवानीपुर बस्ने २७ वर्षीय सैमोदिन अंसारी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौ । आफ्नै श्रीमती हत्या गरेको अभियोगमा बाराबाट एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका ३ गंजभवानीपुर बस्ने २७ वर्षीय सैमोदिन अंसारी रहेको प्रहरीले जनाएको छ । २५ वर्षीया सहनाज खातुनको हत्या गरेको अभियोगमा अंसारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

सहनाजको आफ्नै घरमा बिहीबार शंकास्पद मृत्यु भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनाको थप अनुसन्धान गर्ने क्रममा सैमोदिनले श्रीमतीको हत्या गरेको खुल्न आएपश्चात उनलाई पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न उनकै भाउजु अप्सना खातुन समेतलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?