रोनाल्डोको निर्णायक गोल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
रोनाल्डोको निर्णायक गोल

सारांश

  • काठमाडौँ १३ पुष ।
  • जारी इटालियन सिरी ‘ए’मा युभेन्ट्स र एट्लान्टासँग भएको खेलमा अन्तिम समयमा मैदान प्रवेश गरेका क्रिस्टियानो रोनाल्डोले गरेको गोलले युभेन्ट्स इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा ९ अंकको अग्रता दिन सफल भएको छ।
  • युभेन्ट्स एट्लान्टासँग २–२ को बराबरीमा रोकिएको हो।

काठमाडौँ १३ पुष । जारी इटालियन सिरी ‘ए’मा युभेन्ट्स र एट्लान्टासँग भएको खेलमा अन्तिम समयमा मैदान प्रवेश गरेका क्रिस्टियानो रोनाल्डोले गरेको गोलले युभेन्ट्स इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा ९ अंकको अग्रता दिन सफल भएको छ।

युभेन्ट्स एट्लान्टासँग २–२ को बराबरीमा रोकिएको हो। खेलको दोस्रो मिनेटमा एट्लान्टाका ब्राट डिमिस्टीले गरेको आत्मघाती गोलमा युभेन्ट्सले अग्रता लिएको थियो। २४औं मिनेटमा डुभान जापाटाले गोल गर्दै एट्लान्टालाई बराबरीमा ल्याएका थिए। ५६औं मिनेटमा जापाटाको व्यक्तिगत दोस्रो गोलमा एट्लान्टाले २–१ को अग्रता लिएको थियो। खेल सकिन १२ मिनेट बाँकी हुँदा रोनाल्डोले बललाई पोस्टको दिशा दिँदै युभेन्ट्सको संकट टारेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?