विकास गर्न चाहेमा पैसाको खाँचो हुँदैन : ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २८, २०७४
|
|
७२३ पटक हेरिएको
Shares
विकास गर्न चाहेमा पैसाको खाँचो हुँदैन : ओली

सारांश

  • वैशाख २८, २०७४- एमाले अध्यक्ष केपी ओलीले देशको विकास गराउन चाहेमा पैसाको खाँचो नहुने दाबी गरेका छन् ।
  • बिहीबार चितवनमा पार्टीले स्थानीय चुनावको प्रचारका लागि गरेको सभामा ओलीले विश्वका विभिन्न मुलुकहरुसँग पैसा भएको र उनीहरुले सहुलियतमा ऋण दिन चाहेको पनि बताए ।
  • ‘अहिलेका प्रधानमन्त्री नियुक्त हुने बित्तिकै सोधे, बाटो पनि बनाउने, रेल पनि कुदाउने तर त्यसका लागि पैसाचाहिँ कहाँबाट ल्याउने ?

वैशाख २८, २०७४- एमाले अध्यक्ष केपी ओलीले देशको विकास गराउन चाहेमा पैसाको खाँचो नहुने दाबी गरेका छन् । बिहीबार चितवनमा पार्टीले स्थानीय चुनावको प्रचारका लागि गरेको सभामा ओलीले विश्वका विभिन्न मुलुकहरुसँग पैसा भएको र उनीहरुले सहुलियतमा ऋण दिन चाहेको पनि बताए ।

‘अहिलेका प्रधानमन्त्री नियुक्त हुने बित्तिकै सोधे, बाटो पनि बनाउने, रेल पनि कुदाउने तर त्यसका लागि पैसाचाहिँ कहाँबाट ल्याउने ?’ उनले भने, ‘मैले भनें, काम गर्छु भन्नुस् पैसा म ल्याउँछु । मसँग पैसा छैन होला । तर, दुनियाँसँग छ ।’

यसअघि उनले चितवनको विकासका लागि एमालेसँग योजनाहरु रहेको उल्लेख गरेका थिए । भरतपुरमा मेट्रो चलाउनेदेखि स्मार्ट सीटी बनाउने, पर्यटन हव बनाउनेसम्मको कुरा उनले गरेका थिए । फेरि उनले एक सिंगे गैंडाको प्रसंग उठाए । भने, ‘नेपाल मात्र एक सिंगे गैडा पाइन्छ, त्यो पनि चितवनमा मात्र । बिदेशीहरु यो हेर्न नआएर कहाँ जानु ।’

त्यसैगरी उनले ०५१ सालमा एमालेको सरकार बन्नु भन्दा अघिको प्रसंग उठाए । ‘एमालेले बुढाबुढीहरुलाई गोली हानेर मार्छन् भन्ने हल्ला फिंजाएको थियो’ उनले भने, ‘एमालेको सरकार बनेपछि हामी बृद्धाभत्ताको व्यवस्था गर्यौं । त्यसपछि हाम्रो विरोध गर्नेहरु बुढाबुढीले देख्छन् भनेर लुक्दै हिंडे ।’
 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?