शिक्षाका मौलिक हक कार्यान्वयनका लागि ऐन बनाइने : शिक्षामन्त्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
२५ पटक हेरिएको
Shares
शिक्षाका मौलिक हक कार्यान्वयनका लागि ऐन बनाइने : शिक्षामन्त्री

सारांश

  • काठमार्डौ, १२ चैत , शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाँच महिनाभित्र संविधानमा उल्लेखित गरिएका शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्नका लागि ऐन बनाउने बताउनुभएको छ ।
  • आज नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)को भक्तपुरमा भएको केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा शिक्षाका मौलिक हक कार्यान्वयन गरेर शिक्षामा सबैको पहुँच पु¥याउनका लागि ऐन बनाउने बताउनुभयो ।
  • उहाँले शिक्षा क्षेत्रलाई जागिर खानेमात्र नभएर राष्ट्र निर्माण गर्ने थलोका रुपमा लैजानुपर्ने उल्लेख गर्नुभयो ।

काठमार्डौ, १२ चैत , शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाँच महिनाभित्र संविधानमा उल्लेखित गरिएका शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्नका लागि ऐन बनाउने बताउनुभएको छ ।

आज नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)को भक्तपुरमा भएको केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा शिक्षाका मौलिक हक कार्यान्वयन गरेर शिक्षामा सबैको पहुँच पु¥याउनका लागि ऐन बनाउने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रलाई जागिर खानेमात्र नभएर राष्ट्र निर्माण गर्ने थलोका रुपमा लैजानुपर्ने उल्लेख गर्नुभयो ।

“जागिरलाई केन्द्रमा राखेर अब शिक्षा नीति नियमसमेत बन्दैन । शिक्षालाई जागिरे मानसिकताबाट टाढा राख्नुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री पोखरेलले राजनीतिक पार्टीपिच्छे खोलिएका शिक्षक संगठनलाई गाभेर एउटै छाता संगठन महासंघ बनाउनुपर्ने बताउनुभयो ।

उहाँले मुलुकमा समाजवाद आवश्यक रहेको औँल्याउँदै समाजवाद निर्माण गर्नका लागि शिक्षा क्षेत्रबाट अगुवाइ गरिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले समाजवादी शिक्षाको आधार खडा गर्नुपर्ने भन्दै यसै आर्थिक वर्षबाट शिक्षामा २० प्रतिशत बजेट छुट्याउनु पर्ने बताउनुभयो ।

‘आजको समाजवाद र समाजवादी शिक्षा’ विषयक दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, राजनीतिक विश्लेषक हरि रोक्का, झलक सुवेदीले प्रशिक्षण दिनुभएको छ ।

प्रशिक्षण कार्यक्रममा देशभरिका १२५ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?