रुसले बनायो युरोपकै सबैभन्दा अग्लो बुद्धको मुर्ती, त्यो पनि सुनैसुनको !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ८, २०७६
|
|
१७ पटक हेरिएको
Shares
रुसले बनायो युरोपकै सबैभन्दा अग्लो बुद्धको मुर्ती, त्यो पनि सुनैसुनको !

सारांश

  • रूसले बुद्धको विशाल बुद्ध मुर्ती बनाएको छ ।
  • सुनको यो बुद्धमुर्तीलाई युरोपकै सबैभन्दा अग्लो भनिएको छ ।
  • पश्चिम् रुसको काल्मिकिआ क्षेत्रमा बनेको बुद्ध मुर्ती साढे १२ मिटर अग्लो र ३० टन तौलको भएको रसीया टुडेले जनाएको छ ।

रूसले बुद्धको विशाल बुद्ध मुर्ती बनाएको छ । सुनको यो बुद्धमुर्तीलाई युरोपकै सबैभन्दा अग्लो भनिएको छ । पश्चिम् रुसको काल्मिकिआ क्षेत्रमा बनेको बुद्ध मुर्ती साढे १२ मिटर अग्लो र ३० टन तौलको भएको रसीया टुडेले जनाएको छ ।

आइतबार २ हजार हाराहारी सहभागी एक समारोहमा “शाक्यमुनी बुद्धको स्वर्ण मुर्ती“ अनावरण गरिएको समाचारमा जनाइएको छ ।

करीब २ लाख ७५ हजार जनसंख्या भएको काल्मिकिआ क्षेत्र बौद्ध धर्मवालम्बी बाहुल्य क्षेत्र हो । इटहरीका पर्यटनकर्मी सुनिल भुसालले नेपाल भ्रमण बर्ष आउँदै गर्दा युरोपमा बुद्धको विशाल मुर्ती बन्नुले सकारात्मक सन्देस दिने बताए ।

उसले भने, “रूसमा पनि बौद्ध धर्मका अनुयायी बाहुल्य राज्य रहेको जानकारी आएकाले उनीहरुलाई लुम्बिनी ल्याउन सरकारले प्रचार गर्न सक्छ ।“ रुसमा रहेको नेपाली दूतावासले पहल गरेमा प्रचार सहज हुने भुसालको तर्क छ । नेपाल समयबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?