हराएको मोबाईल सजिलै भेट्ने तरिका,धाउनु पर्दैन अब प्रहरीकहाँ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ६, २०७४
|
|
२० पटक हेरिएको
Shares
हराएको मोबाईल सजिलै भेट्ने तरिका,धाउनु पर्दैन अब  प्रहरीकहाँ

सारांश

  • अहिले महंगा मोवाइल प्रयोग गर्ने एक प्रकारको फेसन नै बनेको छ ।
  • साथै मानिसहरुले मोवाइलाई बहुउपयोगी साधानका रुपमा पनि प्रयोग गर्छन् ।
  • मोवाइलमा फोन नम्बर मात्रै हैन, जिन्दगीका कतिपय अविस्मरणीय पल पनि राखिएका हुन्छन् ।

अहिले महंगा मोवाइल प्रयोग गर्ने एक प्रकारको फेसन नै बनेको छ । साथै मानिसहरुले मोवाइलाई बहुउपयोगी साधानका रुपमा पनि प्रयोग गर्छन् । मोवाइलमा फोन नम्बर मात्रै हैन, जिन्दगीका कतिपय अविस्मरणीय पल पनि राखिएका हुन्छन् ।

जब मोवाइल हराउँछ एकतर्फ पैसाको क्षति हुन्छ भने अर्कोतर्फ मोवाइलमा रहेका उपयोगी सामग्री नष्ट हुन्छन् । तरपनि मोबाइल हराउने खतरा जहिले पनि हुन्छ । यस्तोमा हराएको मोबाइल कसरी फेला पार्ने ? यो आलेखमा हराएको मोवाइल फेला पार्ने उपयोगी उपाय उल्लेख गरिएको छ ।

यो उपायले एन्ड्रोइड फोनमा मात्रै काम गर्छ । यसका लागि निम्नखिखित उपायहरु अपनाउनुहोस् ।

पूर्वसावधानी फोन हराउनुभन्दा अगाडि नै तपाईंले सावधानी अपनाउनुभयो भने हराएपछि खोज्न सजिलो हुन्छ । यसका लागि तपाईं सबैभन्दा पहिले एन्ड्रोइड स्मार्टफोनमा गुगल सेटिङमा जानुस् । त्यहाँ सेक्युरिटी आइकनमा गएर तपाईंले ‘लोकेट द डिभाइस’ अप्सनलाई अन गर्नुपर्छ । यो अप्सनबाट तपाईंले आफ्नो हराएको फोन पत्ता लगाउन सक्नुहुन्छ ।

कम्प्युटरबाट ट्र्याक गर्ने यसका लागि कम्युटरको ब्राउजर खोलेर एन्ड्रोइड डिभाइस म्यानेजरमा जानुस् । यहाँ तपाईंले आफ्नो जिमेल एकाउन्ट लग इन गर्नुपर्ने हुन्छ । ध्यान राख्नुस् कि, तपाईले यहाँ त्यही इमेल आइडी यहाँ राख्नुपर्छ जुन आफ्नो फोनको गुगल प्लेस्टोर लगइन गर्नलाई राख्नुभएको थियो । त्यसपछाडि एउटा नक्शा देखिन्छ । यसले तपाईंको एन्ड्रोइड फोनलाई ट्रयाक गर्छ ।

र, यसको लोकेसन देखाइदिन्छ । जुन ठाउँमा तपाईंको फोन हुन्छ, त्यसको पूरा ठेगाना देखाइदिन्छ ।

यसको अलावा यहाँ तीन अप्सन, ‘रिङ, लक र इरेज’ दिइएको हुन्छ । रिङ अप्सनमा क्लिक गर्दा तपाइको फोनको घन्टी बज्छ । लक अप्सनमा जाँदा स्त्रिनमा पासवर्ड हाल्नुपर्ने हुन्छ । इरेज अप्सनको प्रयोग गर्दा एन्ड्रोइड फोनमा भएका तपाईका सबै निजी डाटाहरू मेटिन्छन् । एजेन्शीको सहयोगमा ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमाली क्षेत्रमा जाडो बढ्यो, डोल्पाको माथिल्लो भेगका प्रहरी चौकी सदरमुकाम सरे
हिमाली क्षेत्रमा जाडो बढ्यो, डोल्पाको माथिल्लो भेगका प्रहरी चौकी सदरमुकाम सरे
संसद बैठक नै स्थगित् गर्नुपर्छ (कोरोनाको सन्त्रास) : सांसद खड्का
संसद बैठक नै स्थगित् गर्नुपर्छ (कोरोनाको सन्त्रास) : सांसद खड्का
फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना
फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना
चार लाख सहित तास खेलेका २० जना पक्राउ !
चार लाख सहित तास खेलेका २० जना पक्राउ !
ट्राईब्रेकरमा पाराग्वेलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाईनलमा
ट्राईब्रेकरमा पाराग्वेलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाईनलमा
यी हुन् काठमाडौंका मुख्य प्रतिस्पर्धी २४ उम्मेदवार
यी हुन् काठमाडौंका मुख्य प्रतिस्पर्धी २४ उम्मेदवार
सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुखद्वारा राजिनामा
सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुखद्वारा राजिनामा
पृथ्वी राजमार्गमा चल्ने यातायातमा भाडा बढ्यो
पृथ्वी राजमार्गमा चल्ने यातायातमा भाडा बढ्यो
कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान
कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान
फ्रान्सका बेन्जामिन पभार्डकाे गाेल बन्याे उत्कृष्ट गोल (हेर्नुहाेस भिडियाे)
फ्रान्सका बेन्जामिन पभार्डकाे गाेल बन्याे उत्कृष्ट गोल (हेर्नुहाेस भिडियाे)

तपाईंले छुटाउनुभयो कि?