अख्तियार दुरुपायोग अनुन्धान आयोग प्रमुखको टुंगाे लाग्याे

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २०, २०७५
|
|
३५ पटक हेरिएको
Shares
अख्तियार दुरुपायोग अनुन्धान आयोग प्रमुखको टुंगाे लाग्याे

सारांश

  • काठमाडौं, २० भदाै।
  • संवैधानिक परिषदले अख्तियार दुरुपायोग अनुन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेलाई नियुक्त गर्न सिफारिस गरेको छ।
  • बुधबार बसेको संवैधानिक परिषदको बैठकले घिमिरेलाई अख्तियार प्रमुखकालागि सिफारिस गरेको हो।

काठमाडौं, २० भदाै। संवैधानिक परिषदले अख्तियार दुरुपायोग अनुन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेलाई नियुक्त गर्न सिफारिस गरेको छ। बुधबार बसेको संवैधानिक परिषदको बैठकले घिमिरेलाई अख्तियार प्रमुखकालागि सिफारिस गरेको हो। अहिले पनि घिमिरे अख्तियारको कामु प्रमुख रहेका छन्।

परिसदले सिफारिस गरेका घिमिरेलाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछिन्। घिमिरे २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए । तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई सर्बोच्च अदालतले अयोग्य ठहर गरेपछि घिमिरे कार्यवाहक थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत घिमिरेको नाममा सहमति जनाएका थिए । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, कानून मन्त्री तथा उपसभामुख सदस्य रहने व्यबस्था छ ।

(www.disabilityhelpcenter.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?