गरीब विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २३, २०७५
|
|
३६ पटक हेरिएको
Shares
गरीब विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक

सारांश

  • रामपुर पाल्पा, २३ असार, पूर्वखोला गाउँपालिका–६, हेक्लाङका महिलाहरुले आफंै कपडा सिलाएर सरकारी विद्यालयका विपन्न विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक (ड्रेस) उपहार दिएका छन् ।
  • सिलाइकटाइ तालीम लिँदै आएका ६२ जना महिलाले पाँच विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक सिलाएर दिएका हुन् ।
  • जनप्रिय माध्यमिक विद्यालयका ६१ जना, बालकल्याण प्राविका २५ जना, बालबालिकासहित प्राविका २१ जना, कालिका प्राविका ३४ जना र सत्यवति प्राविका २६ जना विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक उपलब्ध गराएका छन् ।

रामपुर पाल्पा, २३ असार, पूर्वखोला गाउँपालिका–६, हेक्लाङका महिलाहरुले आफंै कपडा सिलाएर सरकारी विद्यालयका विपन्न विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक (ड्रेस) उपहार दिएका छन् ।

सिलाइकटाइ तालीम लिँदै आएका ६२ जना महिलाले पाँच विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक सिलाएर दिएका हुन् । जनप्रिय माध्यमिक विद्यालयका ६१ जना, बालकल्याण प्राविका २५ जना, बालबालिकासहित प्राविका २१ जना, कालिका प्राविका ३४ जना र सत्यवति प्राविका २६ जना विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक उपलब्ध गराएका छन् ।

विद्यार्थीलाई एक कार्यक्रमकाबीच पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पौडेलले विद्यालय पोसाक हस्तान्तरण गर्दै लक्षित वर्गका लागि राम्रो काम गरेर हेक्लाङ एउटा नमूना बनेको विचार व्यक्त गर्नुभयो ।

गाउँपालिकाले चालु आवमा दिएको रु चार लाखबाट हेक्लाङका ६२ जना महिलाले ६ महिने सिलाइकटाइ तालीम लिएका थिए । तालीम लिएका महिलाले गाउँकै एक सय ६७ बालबालिकालाई आफैले सिलाएर विद्यालय पोसाक दिएका हुन् । विद्यालय पोसाकबाट बालबालिका प्रत्यक्ष लाभान्वित भएका छन् ।

विद्यालय पोसाकको कपडा वडा कार्यालयले उपलब्ध गराएपछि महिलाले आफ्नो सीपलाई व्यवहारमै काम गरेर देखाउन यस्तो गरिएको महिलाहरुले बताए ।
बालकल्याण प्राविका प्रधानाध्यापक सन्तराम यादवले विद्यालय पोसाकबिना अधिकांश विद्यार्थी विद्यालयमा आउने गरेको बताउँदै गरीब भएकै कारण ड्रेस लाउन नसकेर विद्यालय नआउने समस्या अब समाधान भएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण, दूतावासद्वारा मागपत्र प्रमाणीकरणमा रोक
नवराज सिलवाल ओली समूहको केन्द्रीय सदस्य
नवराज सिलवाल ओली समूहको केन्द्रीय सदस्य
बादललाई राष्ट्रपति, प्रचण्डलाई पार्टी अध्यक्ष, ओली प्रधानमन्त्री-माओवादी बैठकको निष्कर्ष !
बादललाई राष्ट्रपति, प्रचण्डलाई पार्टी अध्यक्ष, ओली प्रधानमन्त्री-माओवादी बैठकको निष्कर्ष !
सरकारी खर्चमा भ्रमण मोह
जहाँ एउटा रुखले बनाइदियो सबैलाई अन्धो : रहस्यमयी गाउँ
जहाँ एउटा रुखले बनाइदियो सबैलाई अन्धो : रहस्यमयी गाउँ
इण्डोनेशियामा गृहमन्त्री थापाले भने, मानव तस्करीलाई नेपालले गम्भीर रुपमा लिएको छ
इण्डोनेशियामा गृहमन्त्री थापाले भने, मानव तस्करीलाई नेपालले गम्भीर रुपमा लिएको छ
बेगनास तालमा डुंगा दुर्घटना: छाेरीले हालिन ठुलाेबुवालाइ मुद्धा(भिडियाे)
बेगनास तालमा डुंगा दुर्घटना: छाेरीले हालिन ठुलाेबुवालाइ मुद्धा(भिडियाे)
बोक्सीको आरोपमा कुटपिट
बोक्सीको आरोपमा कुटपिट
मेस्सीले छाडेको पिएसजी फराकिलो अन्तरले पराजित
मेस्सीले छाडेको पिएसजी फराकिलो अन्तरले पराजित
नेपाललाई ९ अर्ब अनुदान उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको घोषणा
नेपाललाई ९ अर्ब अनुदान उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको घोषणा