‘मत बदर’बाट जोगिन यसो गर्दैछ एमाले

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
३२ पटक हेरिएको
Shares
‘मत बदर’बाट जोगिन यसो गर्दैछ एमाले

सारांश

  • काठमाडौं, माघ १६ ।
  •  यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले मतदाता अभिमुखीकरण तालीम सञ्चालन गर्ने भएको छ ।
  • पार्टी कार्यालय धूम्रबाराहीमा बसेको स्थायी कमिटी बैठकले निर्वाचनमा मतदान कसरी गर्ने भन्नेबारेमा सिकाउनका लागि अभिमुखीकरण तालीम सञ्चालन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य शंकर पोखरेलले जानकारी दिए।

काठमाडौं, माघ १६ । यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले मतदाता अभिमुखीकरण तालीम सञ्चालन गर्ने भएको छ । पार्टी कार्यालय धूम्रबाराहीमा बसेको स्थायी कमिटी बैठकले निर्वाचनमा मतदान कसरी गर्ने भन्नेबारेमा सिकाउनका लागि अभिमुखीकरण तालीम सञ्चालन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य शंकर पोखरेलले जानकारी दिए।

नेता पोखरेलका अनुसार यही माघ २१ गतेसम्म प्रत्येक प्रदेशमा मतदातालाई आफ्ना उम्मेदवारलाई मत हाल्नका लागि अभिमुखीकरण तालीम सञ्चालन हुनेछ ।

यसैगरी, बैठकले प्रदेश मुख्यमन्त्री र प्रदेशमन्त्रीको चयन राष्ट्रियसभाको निर्वाचनपछि गरिने निर्णयसमेत गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता र वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाललगायतको उपस्थिति रहेको बैठकले नयाँ सरकार गठनपछि वर्तमान सरकारले गरेका पछिल्ला निर्णयको जिम्मेवारी नलिने निर्णय गरेको पनि नेता पोखरेलले बताए ।

चारवटा मतपत्र प्रयोग हुने भएकोले राष्ट्रियसभाको निर्वाचनमा निकै मत बदर हुन सक्ने चिन्ता निर्वाचन आयोगले प्रकट गरिरहेको परिवेशमा एमालेले मतदाता अभिमुखीकरण कार्यक्रमको तयारी गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी होस् :राष्ट्रपति भण्डारी
मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी होस् :राष्ट्रपति भण्डारी
बाढीको जोखिम भन्दै सचेत बन्न बाढी सूचना केन्द्रको आग्रह
बाढीको जोखिम भन्दै सचेत बन्न बाढी सूचना केन्द्रको आग्रह
विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सामुदायिक विद्यालयलाई काठमाडौं महानगरको पत्र
विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सामुदायिक विद्यालयलाई काठमाडौं महानगरको पत्र
बन्दाबन्दी खुलेपनि स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह
बन्दाबन्दी खुलेपनि स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह
अध्यक्ष शाहीद्वारा अलपत्र बालबालिकाको उद्धार
अध्यक्ष शाहीद्वारा अलपत्र बालबालिकाको उद्धार
मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै
मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै
नसर्ने रोगको अवस्था भयावह
नसर्ने रोगको अवस्था भयावह
देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी ; मन्त्री अर्याल
देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी ; मन्त्री अर्याल
Foreign Dating Sites
क्यालिफोर्नियामा अर्को विमान दुर्घटना! उडान भर्ने क्रममा यात्रुवाहक विमानमा आगो लाग्यो
क्यालिफोर्नियामा अर्को विमान दुर्घटना! उडान भर्ने क्रममा यात्रुवाहक विमानमा आगो लाग्यो

तपाईंले छुटाउनुभयो कि?