अभिनय बाहेक रेष्टुरेन्ट व्यवसायमा आवद्ध नेपाली अभिनेत्रीहरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २१, २०७६
|
|
२७ पटक हेरिएको
Shares
अभिनय बाहेक रेष्टुरेन्ट व्यवसायमा आवद्ध नेपाली अभिनेत्रीहरु

सारांश

  • आजभोली नेपाली चलचित्र क्षेत्रका चल्तीका अभिनेत्री फिल्मका साथ अन्य व्यवसायमा पनि सक्रिय हुन थालेका छन् ।
  • विशेष केही अभिनेत्रीहरुले रेष्टुरेन्ट पेसा अगांलेका छन् ।
  • जसका कारण चलचित्रमा पनि र होलटमा पनि नायिकाहरुलाई फाइदा पुग्छ ।

आजभोली नेपाली चलचित्र क्षेत्रका चल्तीका अभिनेत्री फिल्मका साथ अन्य व्यवसायमा पनि सक्रिय हुन थालेका छन् । विशेष केही अभिनेत्रीहरुले रेष्टुरेन्ट पेसा अगांलेका छन् । जसका कारण चलचित्रमा पनि र होलटमा पनि नायिकाहरुलाई फाइदा पुग्छ ।

नम्रता श्रेष्ठ
सुन्दरता र अभिनयका कारण सदा चर्चामा रहने नायिका नम्रता श्रेष्ठ कलाकारका साथ होटल व्यवसायी पनि हुन् । उनले काठमाडौँमा एपिक रेष्टुरेन्ट एण्ड बार सञ्चालन गरेकी छिन् । उनले चलचित्रबाट भन्दापनि रेष्टुरेन्टबाट धेरै पैसा कमाउने गरेकी छिन् ।

ऋचा शर्मा
ऋचा शर्मा आजभोली चलचित्रमा भन्दापनि आफ्नो होटल व्यवसायमा नै बढी व्यस्त छिन् । उनले पाङग्रा एक्सप्रेस नामक रेष्टुरेन्ट चलाएकी छिन् । दरबारमार्गबाट सुरु गरेको उनको रेष्टुरेन्ट अहिले नक्सालमा सरेको छ । उनको पनि रेष्टुरेन्टबाट राम्रो कमाई हुन्छ ।

बर्षा राउत
पछिल्लो समयमा निकै रुचाइएकी अभिनेत्री बर्षा राउत पनि अभिनयका साथ साथ रेष्टुरेन्ट पनि चलाउँछिन् । उनले आफ्ना श्रीमान सन्जोग कोइरालासँग मिलेर रेष्टुरेन्ट र कफि सप सञ्चालन गर्दै आएकी छिन् ।

स्वेता खड्का
अभिनयका साथ साथ सामाजिक काममा समेत सक्रिय रहेकी अभिनेत्री स्वेता खड्काले पनि पछिल्लो समयमा रेष्टुरेन्ट सञ्चालन गर्न थालेकी छिन् । उनले हिमाल जावा कफि सप सञ्चालन गर्दै आएकी छिन् ।

विश्वकै ठूलो बुद्ध मूर्ति बनाउँदै नेपाली मूर्तिकारहरु
जापानको कामिआमाकुसा शहरको एउटा विशाल पहरामा बुद्धको मूर्ति बनाइदैछ । यस्तो विशाल मूर्ति निर्माणको नेतृत्व गर्दैछन् मोरङ, उर्लाबारीका मूर्तिकार मञ्जुल मितेरी । मूर्ति बनाउने कार्यमा उनको नेत्तृत्वमा नेपालकै सानुभाइ विश्वकर्मा, रामचन्द्र पण्डित, गणेश वान्तवा राई लगायतका मूर्तिकारहरू संलग्न छन् । सन् २०१६ को सेप्टेम्बरबाट शुरु भएको विशाल मूर्ति निर्माण अभियानमा दैनिक ८ घण्टाभन्दा बढी खट्दैछन् नेपाली मूर्तिकारहरू । ६० फिटको एउटा, ५० फिटका दुइटा र ३० फिटका ४ वटा बुद्धमूर्ति बनाउन बुद्धको जन्मदेश नेपालका कलाकारहरू खटिइरहेका छन् ।

यो मूर्ति संसारकै ठूलो बुद्ध मूर्ति हुने र विश्व सम्पदा सूचीमा पार्ने यसका प्रायोजक र जापानी सरकारको लक्ष्य रहेको मूर्ति निर्माणको नेतृत्वकर्ता मूर्तिकार मितेरीले बताए । यो विशाल मूर्ति निर्माणको परियोजना ५ वर्षभित्रमा सम्पन्न गर्ने बताइएको छ । अझ रोचक कुरा त यो सरकारी नभएर निजी व्यवसायी ओसिमा सिजुकीले निर्माण गरेको विशाल सांस्कृतिक तथा पर्यटकीय परियोजना हो । नेपालमा पनि यस्तै प्रकारको काम गर्ने चाहना रहेको मितेरी बताउँछन् ।

नयाँ दिल्लीमा गुञ्जिइन आनी
नयाँ दिल्लीः गायिका आनी छोइङ डोल्मा आफ्ना चर्चित गीतका साथ भारतको राजधानी नयाँदिल्लीमा सोमबार गुञ्जिएकी छन्। उनले संगीतकार न्ह्यु वज्राचार्यका साथमा उनले आफ्ना चलेका नम्बर प्रस्तुत गरिन्। साताव्यापी एकल प्रस्तुतिका लागि उनी दिल्ली आइपुगेकी हुन्। उनी मुम्बईबाट आइतबार दिल्ली पुगेकी हुन्।

‘दि वुमन’ नामक सामाजिक संस्थाले आयोजना गरेको कार्यक्रममा उनले सांगीतिक प्रस्तुति दिएकी हुन्। यसअघि मुम्बईको जे मेरियट होटलमा पनि उनले सांगीतिक प्रस्तुति दिएकी थिइन्।

दिल्लीको प्रस्तुतिको प्रचार गर्न दिल्लीका चोकचोकमा आनीको तस्बिरसहितका होडिङबोर्ड र तस्बिर टाँगिएका थिए। आनीले विभिन्न संघसंस्थाले आयोजना गरेको कार्यक्रममा आफू सहभागी भएको बताइन्। यसअघि उनी ‘दी इकोनोमिक टाइम्स’ ले आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएकी थिइन्।

उनी दिल्लीमा आयोजना हुने महिला सशक्तीकरणसम्बन्धी अन्तरक्रियामा सहभागी हुँदैछिन्। उक्त कार्यक्रममा एसिड आक्रमणबाट बचेकी लक्ष्मी पनि सहभागी हुँदैछिन्। बलिउडका प्रसिद्ध चलचित्र निर्देशक मेघना गुल्जारले लक्ष्मीको जीवनीमा ‘छपक’ नामक चलचित्र समेत निर्माण गरिरहेका छन्। निर्माणाधीन उक्त चलचित्रमा दीपिका पादुकोणले लक्ष्मीको भूमिका निर्वाह गरिरहेकी छन्। आफ्नो कार्यक्रम सकाएर आनी बिहीबार काठमाडौं फर्कने कार्यक्रम छ। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?