आत्मदाहा गरेका प्रेम आचार्यकी श्रीमतीद्वारा बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १९, २०७९
|
|
४० पटक हेरिएको
Shares
आत्मदाहा गरेका प्रेम आचार्यकी श्रीमतीद्वारा बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति

सारांश

  • काठमाडौं ।
  • आत्मदाहा गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन् ।
  • बैंक खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाब भएको उनले बताए।

काठमाडौं । आत्मदाहा गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन् ।

बैंक खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाब भएको उनले बताए। बैंक खाताको स्क्रिीन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनको भनाइ छ ।

गृहजिल्ला इलाममा श्रीमान्को दाहसंस्कारको कर्ममा खटिएकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको बताइन् । “मेरो श्रीमान्ले मलाई पैसा आवोस भन्नकै लागि त्यो कदम चलाएकी होइन । अहिले उनको नौ दिनको दाहसंस्कार कर्ममा छु, तर सामाजिक सञ्जालमा मानसिक तनाब दिने म्यासेस र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ”, उनले भनीन् ।

उनले भने, “मेरो खातामा पैसा हाल्न मैले कसैलाई व्यक्तिगत रुपमा आग्रह गरेको छैन । सहयोगी मनबाट सहयोग स्वरुप रकम जम्मा भएको होला, तर मलाई जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ ।”

उनले आफनो गोपनियता भङ्ग गर्ने बैंक र कर्मचारीलाई काठमाडौँमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने बताए ।

सामाजिक सञ्जालमा नानुका अधिकारीको बानेश्वर शाखाको ग्लोबल आइएमइ बैंकको खाता नम्बर र त्यसमा जम्मा भएको रकमको स्क्रिीन सटहरु पोस्ट भइरहेको छ । 
अधिकारीले बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको विषयमा जानकार भएको बताए । “हिजो(बुधबार) सांसदहरुले उठाउनु भएको विषयमा थोरै जानकार छु । सांसद मोहन बस्नेतले काठमाडौँमा केही समयअघि रोजगारी र नानीहरुको शिक्षामा सहयोग गर्ने आश्वासन दिएका थिए”, उनले भने । सांसद बस्नेतको आश्वासनप्रति आफू सकारात्मक रहेको उनको भनाइ छ ।

इलाम जिल्ला प्रशासन कार्यालय प्रमुखबाट पनि आश्वासन पाएको उनले बताए । उनका अनुसार केही दिनअघि प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयको प्रतिनिधिको रुपमा आएर आफ्नो मागप्रति सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।

अधिकारीले प्रमुख जिल्ला अधिकारीसँग त्यही बेला बैंक खातामा जम्मा भएको रकमबारे सूचना बाहिर गइरहेको जानकारी गराएका थिए । सरकारबाट सहयोग गर्ने आश्वासन पाएपछि आफू सकारात्मक भएको उनको भनाइ छ ।

श्रीमान् प्रेमप्रसाद आर्चायको माग पूरा गराउन दाहसंस्कारको काम सकिने वित्तिकै काठमाडौँ आउने बताइन् । उनले भनीन्, “उनीलाई यस्तो निर्णय लिन बाध्य बनाउने सबैलाई कानुनको दायरामा ल्याउन प्रहरीमा उजुरी दिएकी छु । उनलाई शहीद घोषणा गर्न माग पनि गरेकी छु ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा
काठमाडौं क्षेत्र नं ५ र ७ मा मतगणना स्थगित !
काठमाडौं क्षेत्र नं ५ र ७ मा मतगणना स्थगित !
अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतलाई
अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतलाई
नागाबाबाबारे के सोच्छन् महिला ?
नागाबाबाबारे के सोच्छन् महिला ?
राष्ट्रियसभामा पनि एमाले, माओवादी र मसालबीच तालमेल गर्ने सहमति
राष्ट्रियसभामा पनि एमाले, माओवादी र मसालबीच तालमेल गर्ने सहमति
पछिल्लो राजनीतिक अवस्थाबारे ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन
पछिल्लो राजनीतिक अवस्थाबारे ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन
कागजात शङ्कास्पद देखिएको भन्दै जोर्डन जान लागेका १४ महिलासहित १५ जना रोकिए
कागजात शङ्कास्पद देखिएको भन्दै जोर्डन जान लागेका १४ महिलासहित १५ जना रोकिए
आज साउनको पहिलो सोमबार, बिहानैदेखि पशुपतिमा भिड
आज साउनको पहिलो सोमबार, बिहानैदेखि पशुपतिमा भिड
प्रधानमन्त्री पत्नी राधिका शाक्य – उहाँहरुले विनाशको लागि बुढो दिमाग खियाइराख्नुभएको छ
प्रधानमन्त्री पत्नी राधिका शाक्य – उहाँहरुले विनाशको लागि बुढो दिमाग खियाइराख्नुभएको छ
‘बरामद होइन, सुन कति उम्कियो भन्ने मुख्य प्रश्न हो’
‘बरामद होइन, सुन कति उम्कियो भन्ने मुख्य प्रश्न हो’