अमेरिकाको भर्जिनियामा गोली चल्दा १२ को मृत्यु
सारांश
- अमेरिकाको भर्जि्निया राज्यमा गोली चल्दा कम्तीमा १२ जनाको ज्यान गएको छ ।
- भर्जि्निया राज्यस्थित भर्जि्नियाबिच शहरको तटीय क्षेत्रमा रहेको म्युनिसिपाल केन्द्रमा काम गर्ने रिसाहा कर्मचारीले आफ्ना सहकर्मीलाई लक्षित गरी जथाभावी गोली चलाएको अधिकारीले जनाएका छन् ।
- गोलीकाण्डमा एक प्रहरीसहित ४ जना घाइते भएका छन् ।
अमेरिकाको भर्जि्निया राज्यमा गोली चल्दा कम्तीमा १२ जनाको ज्यान गएको छ ।
भर्जि्निया राज्यस्थित भर्जि्नियाबिच शहरको तटीय क्षेत्रमा रहेको म्युनिसिपाल केन्द्रमा काम गर्ने रिसाहा कर्मचारीले आफ्ना सहकर्मीलाई लक्षित गरी जथाभावी गोली चलाएको अधिकारीले जनाएका छन् ।
गोलीकाण्डमा एक प्रहरीसहित ४ जना घाइते भएका छन् । घटनामा गोली चलाउने बन्दुकधारीको पनि मृत्यु भएको जनाइएको छ । प्रहरीले बन्दुकधारीको पहिचान भने खुलाएको छैन ।
त्यस्तै, गोली चलाउनुको कारणबारे पनि अनुसन्धान भइरहेको जनाइएको छ । घटनाबारे अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराइसकिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकामा नियमित रुपमा यस्ता घटना हुने गरेका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार पछिल्लो घटना यो वर्ष्भित्र अमेरिकामा भएको १ सय ५० औं गोलीकाण्ड हो ।
प्रतिक्रिया