अनुकूल मनसुनले झापामा ९४ प्रतिशत धान रोपाइँ सकियो

Asmita-Newsdesk Asmita-Newsdesk
|
मंगलबार, श्रावण १९, २०८३
|
|
१३ पटक हेरिएको
Shares
अनुकूल मनसुनले झापामा ९४ प्रतिशत धान रोपाइँ सकियो

सारांश

  • झापाका कृषकहरूले यस वर्ष समयमै सक्रिय भएको अनुकूल मनसुनका कारण जिल्लाभर धान  रोपाइँ अन्तिम चरणमा पुगेको छ।
  • कृषि ज्ञान केन्द्र झापाका अनुसार साउन १८ गतेसम्ममा जिल्लाको कुल धानखेतीयोग्य भूभागमध्ये करिब ९४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिइसकेको छ।
  • जिल्लाका १५ वटै स्थानीय तहमा रोपाइँको गति सन्तोषजनक रहेको छ।

झापाका कृषकहरूले यस वर्ष समयमै सक्रिय भएको अनुकूल मनसुनका कारण जिल्लाभर धान  रोपाइँ अन्तिम चरणमा पुगेको छ। कृषि ज्ञान केन्द्र झापाका अनुसार साउन १८ गतेसम्ममा जिल्लाको कुल धानखेतीयोग्य भूभागमध्ये करिब ९४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिइसकेको छ।

जिल्लाका १५ वटै स्थानीय तहमा रोपाइँको गति सन्तोषजनक रहेको छ। दमक र कन्काई नगरपालिकामा सर्वाधिक ९८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ भने गौरीगञ्ज गाउँपालिकामा सबैभन्दा कम ८५ प्रतिशत रोपाइँ भएको छ। बाँकी रहेका भूभागमा पनि तीव्र गतिमा काम भइरहेकाले आउँदो साताभित्र रोपाइँ पूर्ण रूपमा सकिने अनुमान गरिएको छ।

कूल ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धान खेती हुने झापा देशका प्रमुख धान उत्पादन गर्ने जिल्लामध्ये एक हो । जिल्लाको कुल भूभागको करिब ७६ प्रतिशत जमिनमा धान खेती हुने भएकाले यहाँको उत्पादनले राष्ट्रिय खाद्यान्न आपूर्तिमा ठूलो योगदान पुर्‍याउँदै आएको छ।

समयमै पर्याप्त वर्षा भएका कारण किसानहरूले खेत तयार गर्न र बिउ रोप्न अनुकूल वातावरण पाएका हुन्। सिँचाइ र मौसमको साथ मिलेपछि यस वर्ष समयमै रोपाइँ सकिनुका साथै धान उत्पादनसमेत वृद्धि हुने अपेक्षा कृषि अधिकारीहरूले गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?