अर्चना पनेरुका पति जेल चलान !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १३, २०७५
|
|
३२ पटक हेरिएको
Shares
अर्चना पनेरुका पति जेल चलान !

सारांश

  • काठमाडौं, १३ जेठ।
  •   पोर्न स्टार बनेर चर्चामा आएकी मोडल एवं कलाकार अर्चना पनेरुका पति भनिएका अमेरिकी नागरिक उल्फ प्राइसलाई यौन दुराचारको अभियोगमा अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ ।
  • काठमाडौं जिल्ला अदालतको आदेशअनुसार प्राइसलाई केन्द्रीय कारागार चलान गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए ।

काठमाडौं, १३ जेठ।  पोर्न स्टार बनेर चर्चामा आएकी मोडल एवं कलाकार अर्चना पनेरुका पति भनिएका अमेरिकी नागरिक उल्फ प्राइसलाई यौन दुराचारको अभियोगमा अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ ।

काठमाडौं जिल्ला अदालतको आदेशअनुसार प्राइसलाई केन्द्रीय कारागार चलान गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए ।

को हुन् प्राइस ?
गत चैत २३ गते प्रहरीले प्राइस बस्ने घरबाट दुईसय ग्राम गाँजा र अन्य अवैध लागू औषधसमेत बरामद गरेको थियो ।

त्यस्तै दुई बालकलाई समेत उद्धार गरिएको थियो। प्राइस अमेरिकन नागरिक भए पनि उनका बाबु भने रसियन हुन्। रसियन नागरिकता खारेज गरेपछि उनी अमेरिका पुगेका थिए । प्राइसकी आमा अमेरिकाको एक टेलिभिजनमा कार्यरत छिन् ।

प्राइस ५ वर्षदेखि नेपालमा बस्दै आएको खुलेको प्रहरी अनुसन्धानमा देखिएको छ । भिसा म्याद थप गर्दै सन् २०१३ देखि उनी नेपालमा छन् ।

उनले काठमाण्डुको बलम्बुमा घर नै लिएर यौन धन्दा गरेको खुलेको हो । प्राइसले भाडाको घरमा युवतीहरू ल्याइरहने प्रहरीको दाबी छ ।

घरसँगै उनले होटेल समेत सञ्चालन गरेको अनुसन्धानमा खुलेको छ । काठमाडौंमा मात्र होइन चितवनमा समेत उनको होटल रहेको बताइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?