रुपन्देहीको सियारी गाउँपालिकामा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
२३ पटक हेरिएको
Shares
रुपन्देहीको सियारी गाउँपालिकामा एमाले विजयी

सारांश

  • २१ असार,।
  • जिल्लाको सियारी गाउँपालिका एमालेले जितेको छ ।
  • एमालेका उम्मेदवार अयोध्या थारूले ६ हजार ५२ मत प्राप्त गरेर गाउँपालिका अध्यक्षमा विजय हासिल गरेको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

२१ असार,। जिल्लाको सियारी गाउँपालिका एमालेले जितेको छ ।

एमालेका उम्मेदवार अयोध्या थारूले ६ हजार ५२ मत प्राप्त गरेर गाउँपालिका अध्यक्षमा विजय हासिल गरेको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थानेश्वर घिमिरेले पाँच हजार ४०० मत प्राप्त गरेका छन् ।

यस्तै, उक्त गाउँपालिकाको उपप्रमुखमा एमालेकी अमृता गुरुङ विजयी भएकी छन् । उनले ६ हजार ५० मतसहित जित हासिल गरेकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकै रीता चौधरीले पाँच हजार १२९ मत प्राप्त गरेकी छन् ।

गाउँपालिकामा सातवटा वडा रहेको सियारीमा पाँचवटा वडामा नेकपा (एमाले) र एक–एक वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली काँग्रेस विजयी भएका छन् ।

वडा नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुणकुमार शाही, २ मा नेपाली काँग्रेसका रामकिसन थारू र ३ देखि ७ सम्म क्रमशः नेकपा (एमाले)का किसन अहिर, सिरिप्रसाद श्रेष्ठ, थम्मनबहादुर पौडेल, शेरबहादुर गुरङ र सरोज अधिकारी विजयी भएका छन् । यो गाउँपालिकामा १७ हजार २०८ मत खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?