एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भुसाल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २९, २०७९
|
|
२३ पटक हेरिएको
Shares
एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भुसाल

सारांश

  • काठमाडाैं ।
  • घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्नुहुने भएकाे छ ।
  • नयाँ बानेश्वरस्थित अर्याल होटलमा दिउँसो २ बजे हुने कार्यक्रममा भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लाग्नुभएकाे हाे ।

काठमाडाैं । घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्नुहुने भएकाे छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा दिउँसो २ बजे हुने कार्यक्रममा भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लाग्नुभएकाे हाे । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भुसाललाई पार्टीमा स्वागत गर्नुहुनेछ ।

एमाले परित्याग गरेर सत्ता गठबन्धनकाे समर्थनमा रुपन्देही-१ बाट चुनाव लड्नुभएका भुसाल हार्नुभएकाे थियाे । प्रतिनिधि सभा सदस्य चुनावमा एमाले सचिव छविलाल विश्वकर्मासँग भुसाल हार्नुभएकाे हाे । पराजित भएपछि कुनै पार्टीतिर औपचारिक रुपमा नलाग्नुभएका भुसाल आज माधवकाे पार्टीमा लाग्नुभएकाे हाे ।

माधव नेपालले एमाले नछाेड्दासम्म माधवकै गुटमा रहनुभएका भुसाल माधवले नयाँ पार्टी खाेलेपछि त्यता जानुभएन । बरु एमालेमै बसेर पार्टी विराेधी अभिव्यक्ति दिनुभयाे । मंसिर ४ काे चुनावमा टिकट नपाएपछि एमाले छाेड्नुभयाे र सत्ता गठबन्धनकाे समर्थनमा चुनाव लड्नुभयाे । चुनाव हार्नुभयाे ।

मंसिर १८ गते उहाँले माधव नेपालसँग उहाँकै निवास पुगेर भेटवार्ता गर्नुभएकाे हाे ।

(https://linksmagazine.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?