भदौ मसान्तसम्म लामो दूरीका सवारी सञ्चालन नहुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १५, २०७७
|
|
२५ पटक हेरिएको
Shares
भदौ मसान्तसम्म लामो दूरीका सवारी सञ्चालन नहुने

सारांश

  • असोजयता लामो दुरीको सार्वजनिक यातायात सञ्चालन नहुने भएको छ ।
  • सरकारले भदौ मसान्तसम्म लामो दुरीको सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय गरेको हो ।
  • यो सँगै दशैंका लागि मात्र केही समय अघि यातायात सञ्चालन हुने बुझिएको छ।

असोजयता लामो दुरीको सार्वजनिक यातायात सञ्चालन नहुने भएको छ । सरकारले भदौ मसान्तसम्म लामो दुरीको सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय गरेको हो । यो सँगै दशैंका लागि मात्र केही समय अघि यातायात सञ्चालन हुने बुझिएको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको रोकथामका लागि भन्दै भदौ मसान्तसम्म लामो दुरीको सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय गरेको हो । यसअघि १५ भदौसम्म सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय भइसकेकोमा समय अझ थपिएको हो ।

देशभर कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकार यस्तो निर्णयमा पुगेको हो । दशैं नजिकिदै गर्दा सरकारको पछिल्लो निर्णय सार्वजनिक भएको हो । यसपटक चाँडबाँडलाई लक्षित गरेर मात्र केही दिन अघि लामो दुरीको यातायात सञ्चालनको अनुमति दिइने बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?