अाेली र दाहालले एकै स्वरमा भनेः अब समृद्धिकाे युग अाउँदैछ
सारांश
- भरतपुर।
- बाम गठबन्धनका शीर्ष नेताहरु माअाेवादी एमाले अध्यक्षा केपी अाेली र माअाेवादी कन्द्रका पुष्पकमल दाहालले नेपालमा स्थिरता र समृद्धिकाे युग अाउने बताएका छन्।
- बुधबार स्याङ्जाकाे पुतलीबजार, स्याङ्जाकाे वालिङ, बाग्लुङकाे गल्काेट र पर्वतकाे कुश्मा बजारमा अायाेजित चुनावी सभालाई सम्बाेधन गर्दै नेताहरुले उक्त कुरा बताएका हुन्।
भरतपुर। बाम गठबन्धनका शीर्ष नेताहरु माअाेवादी एमाले अध्यक्षा केपी अाेली र माअाेवादी कन्द्रका पुष्पकमल दाहालले नेपालमा स्थिरता र समृद्धिकाे युग अाउने बताएका छन्।
बुधबार स्याङ्जाकाे पुतलीबजार, स्याङ्जाकाे वालिङ, बाग्लुङकाे गल्काेट र पर्वतकाे कुश्मा बजारमा अायाेजित चुनावी सभालाई सम्बाेधन गर्दै नेताहरुले उक्त कुरा बताएका हुन्। सभालाई सम्बाेधन गर्दै नेताहरुले पुसकाे पहिलाे साता बामपन्थीकाे बहुमतकाे सरकार बन्ने बताए।
बिपीले अावेशमा समाजवाद भनेका थिएनन्ः प्रचण्ड
चुनावी सभालाई सम्बाेधन गर्दै प्रचण्डले भने, “नेपाल जहिले पनि राजनीतिक अस्थिरताकाे भूमरिमा फस्याे। २००७ सालदेखिकाे राजनीतिक स्थिरता र विकासकाे चाहना अधुरै रह्याे। हामी त्यसकाे अन्त्य चाहन्छाैं, समृद्ध नेपाल चाहन्छौं, संविधानमा व्यवस्था भएकाे समाजवादकाे यात्रामा अघि बढ्न चाहन्छौ। अहिले कांग्रेसका नेताहरुले सेन्टिमेन्टमा अाएर बिपीले समाजवाद भने भन्न थालेका छन्। बिपीले अावेशमा समाजवाद भनेका थिएनन्। कांग्रेस बिपीकाे अादर्शबाट नराम्राेसँग चिप्लिएकाे छ।”
“हामी कम्युनिष्ट मिल्दा कांग्रेसका नेताहरु अात्तिनुपर्ने कुनै कारण छैन। तपाइँहरु पनि महन्त ठाकुर, राजेन्द्र महताेहरुलाई मिलाउनुस्। नेपालमा धेरै पार्टी अावश्यक छैन” गल्काेटमा अायाेजित सभामा प्रचण्डले भने, “नेपालमा कम्युनिष्ट र कांग्रेसबीच लाेकतान्त्रिक प्रतिस्पर्धा गरौं, विकास र समृद्धिका लागि प्रतिस्पर्धा गरौं। राजनीतिक स्थिरता र स्थिर सरकारका लागि प्रतिस्पर्धा गरौं। के त्यसमा तपाईहरु डराउनु भएकाे हाे ? अात्तिनुभएकाे हाे ? तपाईहरुले नेपालमा धेरै वर्ष शासन गर्नुभयाे। तर, राष्ट्रिय उद्याेगहरु काैडीकाे मूल्यमा बेचिए। विकास अायाेजना ठप्प भए। अहिले अाएर फेरि राष्ट्रिय गाैरवकाे अायाेजना बुढी गण्डकी राेक्नुभयाे। चुनावमा यसकाे मूल्य तपाईहरुका लागि चर्कै पर्नेछ।”
“गिरिजाबाबू जीवित भएकाे भए हलाे बाेकेर हिड्नु हने थिएन। राजावादी पार्टीलाई काँधमा बाेक्नु हुने थिएन। अहिलेकाे कांग्रेसले गिरिजाकाे अादर्श बिर्स्याे” प्रचण्डले भने, “कांग्रेसकाे गणतन्त्रप्रतिकाे निष्ठा कमजाेर हुँदैछ। नेताहरुले समाजवादी अादर्शमाथि हमला गर्दैछन्, याे कांग्रेस सक्किने लक्षण हाे। तपाईहरुले पचासाैं वर्ष देशमा शासन गर्नुभयाे। एकपटक कम्युनिष्टकाे पूर्ण बहुमतकाे शासन हेर्नुस्। हामी देशलाई नयाँ युगमा लैजान्छौं। हामी लाेकतान्त्रिक प्रणालीबाटै जान्छौं, अधिनायकवाद तपाईहरुकाे भूत मात्र हाे।”
जनयुद्धका घाइतेकाे गाेली हामी निकाल्छौंः अाेली
चुनावी सभालाई सम्बाेधन गर्दै एमाले अध्यक्ष केपी शर्मा अाेलीले जनयुद्धका घाइतेहरुका शरिरका गाेली बामपन्थी सरकारले निकाल्ने बताए।
“तपाईहरुले परिवर्तनका लागि लडाई लड्नुभयाे। जनयुद्ध र जनअान्दाेलनमा तपाईहरुले गर्नुभएकाे याेगदानकाे म सम्मान गर्छु” गल्काेटमा अायाेजित चुनावी सभामा अाेलीले भने, जनयुद्ध लडेका साथीहरुले चिन्ता नलिनुस्, तपाईहरुकाे शरिरका गाेली हामी निकाल्छौं। राेजगारीकाे वातावरण सिर्जना गर्छौं, तपाईहरुले गरेकाे त्याग र बलिदानकाे सम्मान गर्छौं।”
“पुसकाे पहिलाे हप्ता बामपन्थी सरकार बन्छ। हामी त्यसैका लागि देशव्यापी अभियानमा छौं। बामपन्थी सरकारलाई कसैले राेक्नै सक्दैन” कुश्मा बजारमा अध्यक्ष अाेलीले भने, “अब नेपालमा राजनीतिक स्थिरताकाे युग सुरु भयाे, समृद्धिकाे युग सुरु भयाे। कम्युनिष्टहरुकाे एकता कसैले राेक्न सक्दैन। हामी नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाएर देखाउँछौं। चुनावपछि एमाले र माअाेवादीकाे पुच्छर हटाउँछौं, शक्तिशाली कम्युनिष्ट पार्टी बनाउँछौं।”
प्रतिक्रिया