दुई चुलोमा जनयुद्ध दिवसको भान्सा, आहुति, किराँती र लोकेन्द्र बैद्यतिर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १, २०७४
|
|
३५ पटक हेरिएको
Shares
दुई चुलोमा जनयुद्ध दिवसको भान्सा, आहुति, किराँती र लोकेन्द्र बैद्यतिर

सारांश

  • काठमाडौं, १ फागुन ।
  • २३ वर्षअघि आजकै दिन जनयुद्धको घोषणा गरेको माओवादी यतिबेला विशेषतः ३ चिरामा विभाजित छ ।
  • यही विभाजनकै कारण तत्कालीन माओवादीबाट विभाजित घटकहरुले आज दुई ठाउँमा चुलो बालेर जनयुद्ध दिवस मनाएका छन् ।

काठमाडौं, १ फागुन । २३ वर्षअघि आजकै दिन जनयुद्धको घोषणा गरेको माओवादी यतिबेला विशेषतः ३ चिरामा विभाजित छ । यही विभाजनकै कारण तत्कालीन माओवादीबाट विभाजित घटकहरुले आज दुई ठाउँमा चुलो बालेर जनयुद्ध दिवस मनाएका छन् ।

तत्कालीन माओवादीको ठूलो हिस्सा रहेको नेकपा माओवादी केन्द्रले पार्टी मुख्यालय पेरिसडाँडामा २३ औं जनयुद्ध दिवस मनाएको छ । पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले केक काटेर जनयुद्ध दिवस मनाएका छन् ।

यता भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भव्य कार्यक्रमको आयोजना गरी नेकपा क्रान्तिकारी माओवादी र नेपाल कम्युनिष्ट पार्टीले संयुक्तरुपमा जनयुद्ध दिवस मनाएका छन् । क्रान्तिकारी माओवादीको मोहन वैद्य “किरण” र नेकपाको नेतृत्व नेत्रविक्रम चन्द “विप्लव”ले गर्दै आएका छन् ।

यता, एमालेसँग चुनावी तालमेल र पार्टी एकताको विषयमा माओवादी केन्द्रमा असन्तुष्टि र विमति जनाउँदै आएका केही नेता क्रान्तिकारी माओवादी र नेकपाको संयुक्त कार्यक्रममा सहभागी देखिएका छन् । चर्चित साहित्यकार तथा नेता आहुति, गोपाल किराँती र लोकेन्द्र विष्टमगर सो कार्यक्रममा देखिएका छन् ।

राष्ट्रियसभागृहमा नेकपा क्रान्तिकारी माओवादी र नेकपाले संयुक्तरुपमा आयोजना गरेको २३ औं जनयुद्ध दिवस ।
राष्ट्रियसभागृहमा नेकपा क्रान्तिकारी माओवादी र नेकपाले संयुक्तरुपमा आयोजना गरेको २३ औं जनयुद्ध दिवस ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Matha Rabi

    यिनिहरुले नेपालि जनयुद्द्को उपहास गरेको त होईनन …?

    Comment Author

    Jirel Tika

    हा हा हा हा मुर्ख मुर्खहरु एकतिर गएपछि के होला त अब ?

    Comment Author

    गाउले कान्छो ठकुरि

    घर मुलिले भान्सा नमिलाउदा यसरी चुलो फाट्छ हजुर भाइ फुटे गवार लुटे भन्या यहिहो बड्डा हो।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?