विन्दवासिनी बचत तथा ऋण सहकारीको नयाँ कार्यालयबाट कारोवार सुरु
सारांश
- विन्दवासिनी बचत तथा ऋण सहकारी संस्थाले पोखरा लेखनाथ मनपा वडा नं.
- ९ दरबारथोकबाट सोमबारदेखि कारोबार सुरु गरेको छ ।
- कार्यलयको शिक्षासेवि प्रा.
विन्दवासिनी बचत तथा ऋण सहकारी संस्थाले पोखरा लेखनाथ मनपा वडा नं. ९ दरबारथोकबाट सोमबारदेखि कारोबार सुरु गरेको छ ।
कार्यलयको शिक्षासेवि प्रा. डा. गणेश बहादुर गुरुङले उद्घाटन गरेका थिए भने दरबारथोक एड्भरटाइजिङ एजेन्सीले पहिलो व्यावसायिक खाता संचालन गरि कारोबार सुचारु गरिएको ब्यबस्थापक सुनिल केसीले बताए ।
२०५६ सालमा स्थापना भएको उक्त सहकारीको एक सय १० शेयर सदस्य रहेको र कास्की जिल्ला भरी कारोबार गर्न पाउने अध्यक्ष सुवर्णमान नकर्मीले बताए ।
साथै सहकारीको कुल चुक्ता पुंजी ६० लाख, अधिकृत पुंजी ४ करोड, निक्षेप संकलन ६ करोड भन्दा बढी पोलेमनपा ३२ तल्लो गगनगौंडामास्थिर सम्पत्ति करिब २ रोपनी जग्गा रहेको पनि अध्यक्ष नकर्मीले बताए ।
‘तपाईको हात बिन्दबासिनीको साथ’ भन्ने मुल नारा रहेको सहकारीको जति धेरै बचत त्यति धेरै ब्याज, शून्य मौज्दातमा खाता खोल्न सकिने, बचतको आधारमा १३ प्रतिशतसम्म ब्याज दिन सकिने संचालक केशवराज भण्डारीले बताए ।
सहकारीले बचत तर्फ मुद्यती, आबधिक, बाल शैक्षिक, बिन्दबासिनी ब्यबसायीक बचत योजना र कर्जा तथा सापट योजनामा बिन्दुबासिनी व्यावसायिक सापट, लघु कर्जा, आबधिक, धितो, हायर पर्चेज, बिन्दबासिनी उद्यमसिल कर्जा रहेको उनले बताए ।
प्रतिक्रिया