अन्तर्राष्ट्रिय टी-२० : नेपालले मलेसियामाथि जित

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १८, २०८२
|
|
६० पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय टी-२० : नेपालले मलेसियामाथि जित

सारांश

  • काठमाडौं।
  • अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि जित हासिल गरेको छ।
  • शनिबार मलेसियाको बायुमास ओभलमा सुरुमा ब्याटिङ गरेको घरेलु टिम मलेसियामाथि नेपालले ६ विकेटको जित निकालेको हो।

काठमाडौं। अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि जित हासिल गरेको छ।

शनिबार मलेसियाको बायुमास ओभलमा सुरुमा ब्याटिङ गरेको घरेलु टिम मलेसियामाथि नेपालले ६ विकेटको जित निकालेको हो।

पाँच खेलको अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १–१ को बराबरी भएको छ।

मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको थियो। नेपालको जितमा पूजा महतोले ३९ बलको सामना गर्दै ३९ रन जोड्न सफल भइन्।

कप्तान इन्दु बर्माले २१ बलमा २७ रन जोडिन्। ओपनर आइना हमिजाले अविजित अर्शतक बनाइन्। ६३ बलको सामना गर्दै उनले ५० रन बनाएन सफल भइन्।

नेपालको जितका लागि समु विष्टले दुई विकेट हात पार्दा कविता कुँवरले एक विकेट लिइन्।

बिहीबार भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो। पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रनमा समेटिँदा तीन रनले पराजित भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीशको बचाऊ गर्दै डा. केसीलाई अनसन तोड्न आग्रह
प्रधानन्यायाधीशको बचाऊ गर्दै डा. केसीलाई अनसन तोड्न आग्रह
प्रदेशसभा २ मा चार भाषामा सपथः ११ जनाले हिन्दीमा
प्रदेशसभा २ मा चार भाषामा सपथः ११ जनाले हिन्दीमा
ला लिगा : बार्सिलोनाद्धारा लेगानेस ३-१ ले पराजित
ला लिगा : बार्सिलोनाद्धारा लेगानेस ३-१ ले पराजित
नेकपा विवादः प्रचण्ड ब्याक भएपनि माधव नेपाल नहुने
नेकपा विवादः प्रचण्ड ब्याक भएपनि माधव नेपाल नहुने
राम्रा मानिसले किन दुःख पाउँछन् ? यस्ता छन् विवेकान्दका ७ रोचक जवाफ
राम्रा मानिसले किन दुःख पाउँछन् ? यस्ता छन् विवेकान्दका ७ रोचक जवाफ
अरुण तेस्रो लगायतका राष्ट्रघाती सन्धि खारेजी माग्दै राजधानीमा प्रदर्शन
अरुण तेस्रो लगायतका राष्ट्रघाती सन्धि खारेजी माग्दै राजधानीमा प्रदर्शन
चौधरीले दिइन् ‘अपार्टमेन्ट’लाई अस्पतालको स्विकृति
चौधरीले दिइन् ‘अपार्टमेन्ट’लाई अस्पतालको स्विकृति
उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान
उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान
लामो बाटो कि बाख्रोपाठो पुख्र्यौली उखानलाई चरितार्थ गर्दै युवा
लामो बाटो कि बाख्रोपाठो पुख्र्यौली उखानलाई चरितार्थ गर्दै युवा
प्रहरी इन्काउन्टरमा अहिलेसम्म को को मारिए ? के भन्छन् मानवअधिकारकर्मी…
प्रहरी इन्काउन्टरमा अहिलेसम्म को को मारिए ? के भन्छन् मानवअधिकारकर्मी…