आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीको छलाङ, पुगे दोस्रो स्थानमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १६, २०८१
|
|
२४ पटक हेरिएको
Shares
आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीको छलाङ, पुगे दोस्रो स्थानमा

सारांश

  • काठमाडौँ ।
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० वरीयतामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन् ।
  • पछिल्लो आईसीसी टी–२० वरीयताको अलराउन्डरतर्फ दीपेन्द्र विश्वकै दोस्रो स्थानमा उक्लिएका छन् ।

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० वरीयतामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन् । पछिल्लो आईसीसी टी–२० वरीयताको अलराउन्डरतर्फ दीपेन्द्र विश्वकै दोस्रो स्थानमा उक्लिएका छन् ।

गंअघिल्लो वरीयताको तुलनामा चार स्थान माथि उक्लँदै दीपेन्द्र दोस्रो स्थानमा पुगेका हुन् । अन्तर्राष्ट्रिय टी–२० वरीयताको अलराउन्डरतर्फ इङ्ल्यान्डका लियाम लिभिङ्स्टोन पहिलो स्थानमा आसीन छन् । लिभिङस्टोनको दुई सय ५० अङ्क छ भने दीपेन्द्रको दुई सय ३० अङ्क रहेको छ ।

पछिल्लो टी–२० अलराउन्डर वरीयतामा अस्ट्रेलियाका मार्कुस स्टोइनिस तेस्रो र जिम्बाबेका सिकन्दर राजा चौथो स्थानमा आसीन छन् । पाँचौँ स्थानमा भने श्रीलंकाका वानिन्दु हसारंगा रहेका छन् । नेपाली खेलाडी कुशल मल्ल वरीयताको ४०औँ स्थानमा छन् । उनी विगतको तुलनामा ६ स्थान तल झरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?