जाल्पा एकिकृत र वल्र्ड भिजनले गरे उदयपुरका पत्रकार लाई धनकुटामा तालिम

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
२४ पटक हेरिएको
Shares
जाल्पा एकिकृत र वल्र्ड भिजनले गरे उदयपुरका पत्रकार लाई धनकुटामा तालिम

सारांश

  • उदयपुर,११।
  •   भदौ जाल्पा एकिकृत बिकास समाज उदयपुरको आयोजना तथा वल्डभिजनको सहयोगमा उदयपुरमा रहेका पत्रकारहरु लाई धनकुटा मा लगेर विपद् व्यावस्थापन न्युनिकरण तथा व्यवस्थापन बारे तालिम दिइएको छ ।
  • गत शुक्रबार र शनिबार दुइ दिन सन्चालन भएको तालिममा उदयपुरका २५ जना पत्रकारहरुको सहभागीता रहेको थियो ।

उदयपुर,११।  भदौ जाल्पा एकिकृत बिकास समाज उदयपुरको आयोजना तथा वल्डभिजनको सहयोगमा उदयपुरमा रहेका पत्रकारहरु लाई धनकुटा मा लगेर विपद् व्यावस्थापन न्युनिकरण तथा व्यवस्थापन बारे तालिम दिइएको छ । गत शुक्रबार र शनिबार दुइ दिन सन्चालन भएको तालिममा उदयपुरका २५ जना पत्रकारहरुको सहभागीता रहेको थियो ।

उदयपुर जिल्लाको पहाडी गाविसहरुको बिभिन्न बिकट बिद्यालयहरुलाई भौतिक, तथा भवन निर्माण, गुणस्तरीय शिक्षा, सरसफाई सम्बन्धि चेतनात्मक विकास कार्यक्र तालिम, खानेपानिको व्यवस्था, शौचालय निर्माण र बस्ने व्यवस्थापन,गरीबी  निवारण र जिल्ला मा भूकम्प पीडित हरु लाई सहयोग गर्दै आयको बिदेशी डलरले चलेका यो एन.जी.ओ.हरुले दियको तालिममा बिपदको समयमा पत्रकारले कसरी समाचार संकलन गर्ने तथा समाचारलाइ कसरी सम्प्रेषण गर्ने भन्ने बिषयमा पत्रकार हरु लाई प्रशिक्षण दियको थियो। सिंहबहादुर खड्का र पत्रकार यज्ञप्रसाद शर्माले प्रशिक्षण गरेका थिय।

उदयपुर को पहाडी भेगमा केन्द्रीत् रहेर काम गरिरहेका यी संस्थाले उदयपुरमा सबैलाईसमेटेर दिनुपर्ने तालिम आफ्नो जिल्ला मा नगरी धनकुटाको भेडेटारमा  आयोजना गरेको देखेर केही पत्रकार र स्थानिय  बासिन्दा हरु ले समेत आपति व्यक्त गरेका छन्,उदयपुर जिल्ला मा कार्यरत संस्थाले तालिमको नाम देखायर र केही फोटोहरु खिचेको भरमा लाखौं रुपयाँ को बिल भरपाई बनाएर खाने कुराको निगरानी पनि पत्रकार हरुले गर्नुपर्ने देखीएको छ।

धनकुटाको भेडेटारमा  आयोजना गरीएको उत्त तालिमको उत्घाटन आयोजक संस्थाका अध्यक्ष पुष्पराज पोखरेलले गरेका  थिय।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?