थमन विक हत्या प्रकरणः सांसद महतोलाई सफाइ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०८०
|
|
३९ पटक हेरिएको
Shares
थमन विक हत्या प्रकरणः सांसद महतोलाई सफाइ

सारांश

  • महोत्तरी ।
  • बहुप्रतिक्षित सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले प्रतिनिधिसभामा महोत्तरी–१ बाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ ।
  • न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले आज सांसद कोइरीलाई सफाइ दिएको हो ।

महोत्तरी । बहुप्रतिक्षित सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले प्रतिनिधिसभामा महोत्तरी–१ बाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ ।

न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले आज सांसद कोइरीलाई सफाइ दिएको हो । यसै मुद्दामा मधेस प्रदेशसभामा महोत्तरी–३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य अभिराम शर्मालाई भने अदालतले जन्मकैदको फैसला गरेको छ । यसअघि २०७४ मा पनि शर्मा मधेस प्रदेशसभामा थिए । मुद्दाका २८ प्रतिवादीमध्ये सांसद महतोसँगै पवन ठाकुरलाई पनि सफाइ दिइएको छ । त्यसैगरी जन्मकैदको फैसला प्रदेशसभा सदस्य शर्मासहित अन्य छ जना छन् ।

हाल एमालेबाट निर्वाचित र घटनाका बखत तत्कालीन राजपाका नेता प्रतिनिधिसभा सदस्य कोइरीसहित २८ जनाविरुद्ध कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगो लगाएको कसुरमा २०७२ साल फागुन २७ गते महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

सशस्त्र प्रहरीका असई विकको हत्या प्रकरणमा प्रदीप साह, सञ्जयकुमार साह र पवन कापर पुर्पक्ष थुनामा छन् । जिल्ला अदालतले मुद्दाको प्रारम्भिक सुनवाइका क्रममा अहिलेका सांसद कोइरी, प्रदेशसभा सदस्य शर्मा र तत्कालीन नगरप्रमुख मिश्रसहितका नेतालाई धरौटीमा छाडेको थियो ।

विसं २०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई तत्कालीन आन्दोलनकारी मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलंका टी-२० विश्वकपबाट बाहिरियो
श्रीलंका टी-२० विश्वकपबाट बाहिरियो
दुई बुँदे सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार
दुई बुँदे सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार
पर्यटकीय गाजादहको उजाड क्षेत्रमा ओखरको वन बनाउने प्रयास
पर्यटकीय गाजादहको उजाड क्षेत्रमा ओखरको वन बनाउने प्रयास
के तपाइको शरीरमा जन्म निशानी छ ? जान्नुहोस् कुन भागमा रहेको निशानीको अर्थ के हो ?
के तपाइको शरीरमा जन्म निशानी छ ? जान्नुहोस् कुन भागमा रहेको निशानीको अर्थ के हो ?
नेपाली सधैँ नेपाली नै हुन्छ भूतपुर्व वा वर्तमान हुँदैन: मन्त्री अधिकारी
निर्मला हत्याकाण्ड: अब एसपी र डिएसपीको डिएनए जाँच्न माग
निर्मला हत्याकाण्ड: अब एसपी र डिएसपीको डिएनए जाँच्न माग
नीलम कार्की निहारिकाको “योगमाया”लाई मदन पुरस्कार
नीलम कार्की निहारिकाको “योगमाया”लाई मदन पुरस्कार
कम्यूनिष्टले नेपालमा सफलता पाउनुको कारण जबज होः सहसंयोजक पौडेल
कम्यूनिष्टले नेपालमा सफलता पाउनुको कारण जबज होः सहसंयोजक पौडेल
राजनीतिक कक्षा सञ्चालन  गरेर नेमकिपाले गर्ने भयो चुनाव प्रचार
राजनीतिक कक्षा सञ्चालन गरेर नेमकिपाले गर्ने भयो चुनाव प्रचार
लोकसेवा तयारी कक्षामा लगानी गर्दै गाउँपालिका
लोकसेवा तयारी कक्षामा लगानी गर्दै गाउँपालिका

तपाईंले छुटाउनुभयो कि?