आजको मौसम: चार प्रदेशमा भारी बर्षा हुने, अन्त छिटफुट पानी पर्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १३, २०८०
|
|
३७ पटक हेरिएको
Shares
आजको मौसम: चार प्रदेशमा भारी बर्षा हुने, अन्त छिटफुट पानी पर्ने

सारांश

  • काठमाडौं।
  • हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ।

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति भने कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्याङ्गको जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले हलो जोतेको सम्झना गरेपछि…
प्रधानमन्त्रीले हलो जोतेको सम्झना गरेपछि…
राष्ट्र विकासका लागि हातेमालो गरेर अघि बढ्न प्रमको आह्वान
राष्ट्र विकासका लागि हातेमालो गरेर अघि बढ्न प्रमको आह्वान
पुस मसान्तसम्म कर्मचारी समायोजन हुनेः मन्त्री पण्डित
एमाले सांसद लीलावल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने निर्णय
एमाले सांसद लीलावल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने निर्णय
अदालतलाई नै टेर्दैनन् ढकाल, लुम्बिनी विकास कोषमा हालिमुहाली
अदालतलाई नै टेर्दैनन् ढकाल, लुम्बिनी विकास कोषमा हालिमुहाली
‘पात्रोमा उल्लेख गरिने ग्रहगतिका विषय फरक हुन थाल्यो’
‘पात्रोमा उल्लेख गरिने ग्रहगतिका विषय फरक हुन थाल्यो’
उपराष्ट्रपति पुनले भने: खेलकुदलाई प्राथमिकतामा राख्नुस्
उपराष्ट्रपति पुनले भने: खेलकुदलाई प्राथमिकतामा राख्नुस्
जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गरिने
जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गरिने
‘घुस खान नपाएपछि’ भन्सार अधिकृतको निसानामा व्यवसायी
‘घुस खान नपाएपछि’ भन्सार अधिकृतको निसानामा व्यवसायी
बजेटलाई अन्तिम रुप दिने बेला प्रधानमन्त्री र अर्थमन्त्री बीच लफडा
बजेटलाई अन्तिम रुप दिने बेला प्रधानमन्त्री र अर्थमन्त्री बीच लफडा

तपाईंले छुटाउनुभयो कि?