त्रिशुली नदीकै सबैभन्दा लामो पुल सञ्चालनमा ल्याउने तयारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७९
|
|
४८ पटक हेरिएको
Shares
त्रिशुली नदीकै सबैभन्दा लामो पुल सञ्चालनमा ल्याउने तयारी

सारांश

  • धादिङ।
  • त्रिशुली नदी माथि निर्माणाधीन पुलहरु मध्यकै सबैभन्दा लामो पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
  • दुई सय मिटर लम्बाईको सो पक्की मोटरेवल पुल २०७४ सालदेखि निर्माणको काम सुरु भएको हो ।

धादिङ। त्रिशुली नदी माथि निर्माणाधीन पुलहरु मध्यकै सबैभन्दा लामो पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई सय मिटर लम्बाईको सो पक्की मोटरेवल पुल २०७४ सालदेखि निर्माणको काम सुरु भएको हो ।

पुल नहुँदा पृथ्वी राजमार्गसम्म आवतजावत गर्नका लागि निकै समस्या भोग्दै आएका सिद्धलेक गाउँपालिकाका स्थानीय पुल निर्माणको काम अन्तिम पुगेसँगै निकै खुसी भएका छन् । पुल सञ्चालनमा आएपछि सो क्षेत्रका स्थानीयको आर्थिक अवस्था सुधारमा पनि निकै सहज हुने उनिहरुको भनाई छ ।

पृथ्वी राजमार्गलाई सिद्धलेक गाउँपालिकासँग सिधै मोटर सञ्चालनका लागी गत पाँच वर्ष अघिदेखि निर्माणाधीन अवस्थामा रहेको सो पुलबाट आगामी दशैंदेखी मोटर सञ्चालनको तयारी भईरहेको निर्माण कम्पनीले जानकारी दिएको छ ।

जिल्लाभित्र पर्ने त्रिशुली नदी वारपार गर्नका लागी विभिन्न स्थानहरुमा सातवटा पक्कि मोटरेवल पुल निर्माण भएको छ । ती पुलहरुमध्ये सबैभन्दा लामो गजुरी गाउँपालिकाको घाटवेसीलाई सिद्धलेक गाउँपालीकास्थित पिपलटार जोड्नका लागी पाँच वर्षदेखी निर्माण सुरु गरेको सो पुल दुई सय मिटर लम्बाईको छ ।

उक्त पुल निर्माणको काम पन्चानब्बे प्रतिशत भन्दा धेरै सम्पन्न भईसकेको छ । अब पुलको बार राख्ने काम धमाधम भईरहेको छ भने पुलको स्पान ढलानको काम थोरै मात्र बाँकी रहेको छ । पुलको दायाँबाँया पर्ने एक्सीस रोड निर्माणको काम समेत तीब्र गतिमा भईरहेको छ ।

पुल निर्माण सम्पन्न भएसँगै सो क्षेत्रमा उत्पादित कृषी तथा पशुजन्य उत्पादन सिधै बजारमा बिक्रिका लागि ल्याउन सजिलो हुने भन्दै तरकारी उत्पादक किसानहरु पनि निकै हर्षित भएका छन् । सिद्धलेक गाउँपालिकास्थित पिपलटारका स्थानीयहरुको मुख्य पेशा तरकारी उत्पादन रहेको छ ।

पुल निर्माणका लागी नेपाल सरकार सडक विभागले तीस करोड रुपैयाँको लागतमा महादेव खिम्ती निर्माण सेवा नामक ठेकेदार कम्पनीलाई जिम्मा दिईएको हो ।

२०७४ सालमा तीन वर्षमा निर्माण सम्पन्न गरी निर्माणको जिम्मा दिईएको सो कम्पनीले कोभिडलगाएत विभिन्न कारण देखाई निर्माणको काममा ढिलाई गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैँकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री खतिवडा
बैँकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री खतिवडा
सर्टिफिकेट विवादमा तानिएका न्यायाधीशले किन दिए राजिनामा !
सर्टिफिकेट विवादमा तानिएका न्यायाधीशले किन दिए राजिनामा !
बालबालिकाको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प
बालबालिकाको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प
साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…
साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…
साठी लाखको भ्याकुल लोडरमा आगजनी गरी नष्ट
साठी लाखको भ्याकुल लोडरमा आगजनी गरी नष्ट
मुद्दा फछर्योट लक्ष्य भन्दा बढी
मुद्दा फछर्योट लक्ष्य भन्दा बढी
चराको प्वाँख देखिएपछि कतार एयरवेजको जहाज ग्राउण्डेड
चराको प्वाँख देखिएपछि कतार एयरवेजको जहाज ग्राउण्डेड
काठमाडौं जिल्ला प्रशासनले भन्योः राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध नपु-याउनु
काठमाडौं जिल्ला प्रशासनले भन्योः राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध नपु-याउनु
विवाह गर्न नमानेपछि डाक्टरकै घरमा गएर आत्महत्या गरिन् नर्सले
विवाह गर्न नमानेपछि डाक्टरकै घरमा गएर आत्महत्या गरिन् नर्सले
नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती
नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती