बजेटलाई अन्तिम रुप दिने बेला प्रधानमन्त्री र अर्थमन्त्री बीच लफडा

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
२४ पटक हेरिएको
Shares
बजेटलाई अन्तिम रुप दिने बेला प्रधानमन्त्री र अर्थमन्त्री बीच लफडा

सारांश

  • आज संसदमा प्रस्तुत गरिने बजेट निर्माणको अन्तिम तयारी बालुवाटारमा भइरहँदा प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा.
  • युवराज खतिवडाबीच कुरा मिलेको छैन ।
  • वृद्धाभत्ता, कर्मचारीको तलब र सांसदलाई दिने रकमबारे प्रधानमन्त्री र अर्थमन्त्रीबीच एकमत हुन नसकेको पाइएको छ ।

आज संसदमा प्रस्तुत गरिने बजेट निर्माणको अन्तिम तयारी बालुवाटारमा भइरहँदा
प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा. युवराज खतिवडाबीच कुरा मिलेको छैन । वृद्धाभत्ता, कर्मचारीको तलब र सांसदलाई दिने रकमबारे प्रधानमन्त्री र अर्थमन्त्रीबीच एकमत हुन नसकेको पाइएको छ । प्रधानमन्त्री ओलीले यसपटकको बजेटमार्फत वृद्धभत्ता ५ हजार मासिक पुर्याउन आग्रह गरेको तर अर्थमन्त्रीले बढिमा एक हजार बढाउन सकिने बताएका छन् ।

त्यसैगरी कर्मचारीको तलब २५ प्रतिशत बढाउने प्रधानमन्त्रीको चाहना छ । तर अर्थमन्त्रीले बढिमा १५ प्रतिशत मात्रै बढाउन सकिने जवाफ दिएका छन् । सांसदलाई दिने रकमको विषयमा पनि सहमति भएको छैन । प्रधानमन्त्रीले १० करोड नै दिने प्रस्ताव गर्दा अर्थमन्त्रीले बढिमा ७ करोड मात्रै दिन सकिने जवाफ दिएको वालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?