आफ्नै घरमा पालेको गोरुले हानेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १, २०७६
|
|
१५ पटक हेरिएको
Shares
आफ्नै घरमा पालेको गोरुले हानेर मृत्यु

सारांश

  • आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मङ्गलबार साँझ ६ बजे उक्त घटना भएको थियो ।
  • चरनमा पगाहा लगाइएको बीउ गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको किनारमा श्रेष्ठलाई गोरुले आक्रमण गरेको थियो ।

आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मङ्गलबार साँझ ६ बजे उक्त घटना भएको थियो । चरनमा पगाहा लगाइएको बीउ गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको किनारमा श्रेष्ठलाई गोरुले आक्रमण गरेको थियो ।

एकान्त स्थानमा गोरुले आक्रमण गरेका कारण तत्काल कसैले थाहा नपाउँदा घटनास्थलमै श्रेष्ठको मृत्यु भएको थियो ।अबेरसम्म छोरा नफर्किएपछि खोज्दै जाँदा मृतकका बुबाले मृत्यु भइसकेको अवस्थामा श्रेष्ठलाई फेला पार्नुभएको थियो । उहाँले मृत छोरालाई देखेपछि तत्काल गाउँले र प्रहरीलाई खबर गरेपछि घटनास्थलमा प्रहरीसहित स्थानीयवासी पुगेका थिए । मृतकको शव परीक्षणका लागि राति नै भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट
स्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट
पुनरागमन जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लियो
पुनरागमन जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लियो
हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
पण्डित बाजेको लौरी हेरेपछि नायिका सन्ध्या केसी रोइन ( भिडियो सहित्)
पण्डित बाजेको लौरी हेरेपछि नायिका सन्ध्या केसी रोइन ( भिडियो सहित्)
पूर्वराजा ज्ञानेन्द शाहको झापाबाट काठमाडौँ आउने पास रद्द
पूर्वराजा ज्ञानेन्द शाहको झापाबाट काठमाडौँ आउने पास रद्द
दुःख र अशान्तिको कारण बौद्ध दर्शनको जन्म : गृहमन्त्री
दुःख र अशान्तिको कारण बौद्ध दर्शनको जन्म : गृहमन्त्री
फिल्ममा हस्तमैथुन सिन गर्नुपर्‍यो भने खुशीसाथ तयार हुनेछु: किश्वर मर्चेन्ट
फिल्ममा हस्तमैथुन सिन गर्नुपर्‍यो भने खुशीसाथ तयार हुनेछु: किश्वर मर्चेन्ट
महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल
महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल
नेकपाको सचिवालय समिति वैठक बस्दै, सबै नेतालाई व्यस्त बनाउने तयारी
नेकपाको सचिवालय समिति वैठक बस्दै, सबै नेतालाई व्यस्त बनाउने तयारी
स्याङ्जा र कास्कीका संस्था स्वास्थ्य बीमामा आबद्ध
स्याङ्जा र कास्कीका संस्था स्वास्थ्य बीमामा आबद्ध

तपाईंले छुटाउनुभयो कि?