वडा कार्यालयमा आगो लाग्यो, कारण रहस्यमै

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
वडा कार्यालयमा आगो लाग्यो, कारण रहस्यमै

सारांश

  • अर्घाखाँची, २३ असार ।
  • अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं.
  • ९ लामिदमारमा रहेको वडा कार्यालयमा आगजनी भएको छ ।

अर्घाखाँची, २३ असार । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ९ लामिदमारमा रहेको वडा कार्यालयमा आगजनी भएको छ । आगलागी भएको हप्ता दिन पूरा हुन लाग्दा समेत आगो कसले र किन लगायो भन्नेबारे अझै पत्ता लाग्न सकेको छैन ।

घटना हुनेबित्तिकै इलाका प्रहरी कार्यालय ठाडा, सिद्धारा प्रहरी चौकीबाट प्रहरीको टोली, शितगंगा नगरपालिकाको कार्यालयबाट नगर प्रमुखसहितको कर्मचारीको टोली घटनास्थलमा पुगेर घटनाको प्रारम्भिक अनुसन्धान सुरू गरेको थियो । तर अहिलेसम्म न त अभियुक्त पत्ता लागेको छ न त घटनाको कसैले जिम्मा लिएको छ ।

अभियुक्त पत्ता नलागेपछि त्यस क्षेत्रका नागरिक त्रसित भएका छन् । सरकारी कार्यालयमा गैर जिम्मेवारी रूपमा आगजनी हुनु, घटनाको कसैले जिम्मा नलिनु, अभियुक्त पनि पत्ता नलाग्नुले घटना गहिरो रूपमा रहस्यमय बन्दै गएको छ । छिटोभन्दा छिटो घटनाको गहिरो अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न सम्बन्धित निकायलाई स्थानीयबासीले आग्रह गरेका छन् । यही असार १७ गते अज्ञात समूहले करिब राति ११ः४५ वजे आगजनी गरेको थियो ।

स्थानीयहरुले तीनजनाको समूह आएर वडा कार्यालयमा आगजनी गरेको बताएका छन् । आगजनीबाट कार्यालयका फर्निचर तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको थियो । कार्यालयको ढोकाको ताला फोरेर गरिएको आगजनीबाट कार्यालयको प्रशासन कोठाको साथै नजिकै रहेको स्वास्थ्य इकाईमा समेत क्षति भएको छ । आगजनीबाट दर्ता गरिराखिएका महत्वपूर्ण कागजात जलेर नष्ट भएको वडा अध्यक्ष भीम केसीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण
प्रत्यक्षतर्फको मतपत्र छपार्इ सुरु,समानुपातिकको सकियो
प्रत्यक्षतर्फको मतपत्र छपार्इ सुरु,समानुपातिकको सकियो
लेखनाथमा दिनहुँ जसो सहकारीमा चोरी, बाणिज्य संघको ध्यानाकर्षण,
लेखनाथमा दिनहुँ जसो सहकारीमा चोरी, बाणिज्य संघको ध्यानाकर्षण,
टयांकरमा इन्धन खाली हुदाँ प्रधानमन्त्री पोखरामा विमानस्थलमा १ घण्टा रोकिए
टयांकरमा इन्धन खाली हुदाँ प्रधानमन्त्री पोखरामा विमानस्थलमा १ घण्टा रोकिए
एमाले-माओवादीको एकता तयारी – संयोजन समितिबाट टुंंग्याउने
एमाले-माओवादीको एकता तयारी – संयोजन समितिबाट टुंंग्याउने
बसको ठक्करबाट मृत्यु
बसको ठक्करबाट मृत्यु
हामी प्रचण्ड र बाबुरामले जस्तो धोखा दिने र गद्धारी गर्दैनौं: सन्तोष बुढा
हामी प्रचण्ड र बाबुरामले जस्तो धोखा दिने र गद्धारी गर्दैनौं: सन्तोष बुढा
प्रेमिसंग मिलेर पतिकाे घाटी थिचेर हत्या
प्रेमिसंग मिलेर पतिकाे घाटी थिचेर हत्या
शशांक कोइरालाले देउवालाई भने: तत्काल कार्यवाहक सभापति तोक्नुस्
शशांक कोइरालाले देउवालाई भने: तत्काल कार्यवाहक सभापति तोक्नुस्
सुन्दर देखिन दीपिका के के गर्छिन्?
सुन्दर देखिन दीपिका के के गर्छिन्?

तपाईंले छुटाउनुभयो कि?