प्रेमका भाव समेटिएको कारुणिक गीत ‘चोट’ बजारमा (भिडियो)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
६० पटक हेरिएको
Shares
प्रेमका भाव समेटिएको कारुणिक गीत ‘चोट’ बजारमा (भिडियो)

सारांश

  • काठमाडौं, पुस १८ ।
  • नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा निरन्तरता दिँदै एकपछि अर्को गर्दै विभिन्न किसिमका सांगीतिक कोसेली बजारमा पस्कने क्रममा फेरी अर्को बिल्कुलै नौलो सांगीतिक कोसेली माया प्रेमका भाव समेटिएको कारुणिक गीत बजारमा आएको छ ।
  • ‘चोट’ बोलको गीतलाई एसएनबि म्यूजिक प्रालिले बजारमा ल्याएको हो ।

काठमाडौं, पुस १८ । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा निरन्तरता दिँदै एकपछि अर्को गर्दै विभिन्न किसिमका सांगीतिक कोसेली बजारमा पस्कने क्रममा फेरी अर्को बिल्कुलै नौलो सांगीतिक कोसेली माया प्रेमका भाव समेटिएको कारुणिक गीत बजारमा आएको छ ।

‘चोट’ बोलको गीतलाई एसएनबि म्यूजिक प्रालिले बजारमा ल्याएको हो । यस गीतमा विगत निकै लामो समय यता सञ्चार क्षेत्रमा क्रियाशिल एवं लोकप्रिय सर्जन साहस भट्टको लय रहेको छ ।

उनले यसअघि पनि व्यथा निकै छ, सानु तिम्रै नाम छ, मुटुको घाउ, जामाना नि के आयोलगाएतका थुप्रै गीतहरुमा आफ्नो सिर्जना सजाएर बजारमा पठाइसकेका छन् ।

त्यसै गरी ‘चोट’ बोलको गीतमा नेपाली लोक तथा दोहोरी गीत संगीतमा नै आफ्नो जीवन समर्पण गरेका सर्जन सन्तोष बानियाँले यस गीतमा शब्द भरेका छन् ।

सन्तोषले विभिन्न गीत संगीतमा आफ्नो सिर्जना सजाउनु मात्र होइन केहि गीतमा स्वर पनि भरिसकेका छन् । साथमा भुल्नेलाई भुल्न सक्ने, अन्तिम सन्देश, रुन्छु धर्केरलगाएतका गीतहरुबाट आफ्नो नाम स्थापित गरेका राजु बर्देवाले यस गीतको थेगो तयार पारेका छन् ।

कुलेन्द्र विश्वकर्मा र सीमा चन्दद्वारा स्वरबद्ध यस गीतको म्यूजिक भिडियोमा आश लाग्दा नवमोडल विश्व राईले अत्यन्त लोभ लाग्दो अभिनय गरेका छन् ।

साथमा सारिका केसीको पनि निकै मन छुने अभिनय यस गीतको म्यूजिक भिडियोमा देख्न सकिन्छ । बिक्रम चौहानद्वारा निर्देशित भिडियोलाई छायाकंन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन्  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यही हप्ताभित्र एसईईको नतिजा प्रकाशन हुने
यही हप्ताभित्र एसईईको नतिजा प्रकाशन हुने
मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास
मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास
नयाँ वर्षमा प्रधानमन्त्री ओलीको योजना : आफ्नो टिम फेरबदल गर्नेदेखि मन्त्री हटाउनेसम्म !
नयाँ वर्षमा प्रधानमन्त्री ओलीको योजना : आफ्नो टिम फेरबदल गर्नेदेखि मन्त्री हटाउनेसम्म !
मिडियाकाे गैरजिम्मेवारीपनले मलाइ तनाव गरायाे : लेखनाथ न्यौपाने
मिडियाकाे गैरजिम्मेवारीपनले मलाइ तनाव गरायाे : लेखनाथ न्यौपाने
प्रधानमन्त्री ओलीको यस्तो दावीमा के छ प्रतिक्रिया ? भन्छन् ‘मेरो पालामा इतिहासमै नभएका काम भए’
प्रधानमन्त्री ओलीको यस्तो दावीमा के छ प्रतिक्रिया ? भन्छन् ‘मेरो पालामा इतिहासमै नभएका काम भए’
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रम गरेर मनाइँदै
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रम गरेर मनाइँदै
सारा अली खान र जाह्नवी कपुरको कडा प्रतिस्पर्धा
सारा अली खान र जाह्नवी कपुरको कडा प्रतिस्पर्धा
ओलीको पोस्टमा बालेनको प्रतिक्रिया–’आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने ?
ओलीको पोस्टमा बालेनको प्रतिक्रिया–’आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने ?
पशुपति आर्यघाटमा जिउँदो मानिसलाई मृत भन्दै भाइरल बनाइएको भिडियो झुटो
पशुपति आर्यघाटमा जिउँदो मानिसलाई मृत भन्दै भाइरल बनाइएको भिडियो झुटो
नरेन्द्र मोदीले भाषण गर्दै गर्दा २५ जना घाइते
नरेन्द्र मोदीले भाषण गर्दै गर्दा २५ जना घाइते