आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्न ओलीलाई वामदेवको सुझाव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ३०, २०७७
|
|
२९ पटक हेरिएको
Shares
आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्न ओलीलाई वामदेवको सुझाव

सारांश

  • काठमाडौं, ३० असार ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै ओलीले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नुपर्ने सुझाव दिएका छन् ।
  • साथै, प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न पनि उनले ओलीलाई आग्रह गरेका छन् ।

काठमाडौं, ३० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै ओलीले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नुपर्ने सुझाव दिएका छन् । साथै, प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न पनि उनले ओलीलाई आग्रह गरेका छन् ।सामाजि सञ्जाल फेशबुकमार्फत नेता गौतमले यस्तो सुझाव दिएका हुन् । हेरौं उनको स्टाटस स्

राम जन्मभूमि र विवाद

नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष क।केपी शर्मा ओलीले हिजो अर्थात असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तिखो प्रतिक्रिया उत्पन्न गरेको छ । आज भन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो बिषय बारे चर्चा गर्नुभएको थियो । मैले उहाँलाई यस सम्बन्धमा आफुले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नु भयो ।

क।केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुुहुन्छ । अहिले उहाँ चाहदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरु जुटाउन, आएका अनुमानहरुको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ । उहाँले उठाउनु भएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारहरुले सार्वजनिक गर्नु पर्दथ्यो ।
भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरुका निम्ति केही फरक पर्दैन । रामका भक्तहरु नेपाल र भारतमा ठूलो संख्यामा रहेका छन् । यथार्थवादी भएका नाताले इतिहास प्रति हामी कम्युनिष्टहरुले अन्याय गर्न सक्दैनौ । नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरुको नेपाल रहँदासम्म प्रसंशा गरिरहिने छ । संसारमा धेरै धर्महरु छन्, धेरै धार्मिक सम्प्रदायहरु छन् र तिनका अनुयायीहरु करोडौंको संख्यामा रहेका छन् । उनीहरुको धार्मिक आस्थामा चोट पु¥याउने क्रियाकलाप गर्न कसैले हुदैन । त्यसैगरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर नत राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुश्कर्म गर्न हुन्न । यस अर्थमा हामी कम्युनिष्टहरु धर्म निरपेक्ष हुन चाहन्छौ ।

राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु । साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क।केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु ।
३० असार, २०७७

(rentalsfloridakeys.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बौं रकम
टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बौं रकम
सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन : प्रधानमन्त्री प्रचण्ड
सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन : प्रधानमन्त्री प्रचण्ड
विमानस्थलका सवारी साधन नयाँ ‘पार्किङ भवन’मा
विमानस्थलका सवारी साधन नयाँ ‘पार्किङ भवन’मा
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
नयाँ शक्तिको प्रवक्ताबाट देवकोटाले दिए राजीनामा
नयाँ शक्तिको प्रवक्ताबाट देवकोटाले दिए राजीनामा
खेलकुदमय पूर्वी नेपाल…सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु!!!
खेलकुदमय पूर्वी नेपाल…सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु!!!
आइजिपी खनाललाई प्रहरी जवानकाे प्रश्न ‘के मेरो अपराध निर्मलाको हत्याको प्रमाण मेट्ने भन्दा ठुलो हो ?’
आइजिपी खनाललाई प्रहरी जवानकाे प्रश्न ‘के मेरो अपराध निर्मलाको हत्याको प्रमाण मेट्ने भन्दा ठुलो हो ?’
Nora Fatehi recreates Sushmita Sen’s ‘Dilbar’ song in John Abraham’s ‘Satyameva Jayate’
Nora Fatehi recreates Sushmita Sen’s ‘Dilbar’ song in John Abraham’s ‘Satyameva Jayate’
काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा ईश्वर
काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा ईश्वर
मकवानपुर जिल्ला अदालतद्वारा नौ महिनामा करिव १३ सय मुद्दा फैसला
मकवानपुर जिल्ला अदालतद्वारा नौ महिनामा करिव १३ सय मुद्दा फैसला

तपाईंले छुटाउनुभयो कि?