उडिरहेको जहाजमा मुसा देखेपछि …
सारांश
- काठमाडौं, १९ माघ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको एउटा ठूलो जहाज बिहिबार दिउँसो भारतको नयाँ दिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो।
- उडानकै क्रममा एक यात्रुले ‘ह्याण्ड क्यारी’ राख्ने ठाउँमा एउटा मुसो कुदेको देखे।
- लगत्तै हल्ला खल्ला भयो।
काठमाडौं, १९ माघ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको एउटा ठूलो जहाज बिहिबार दिउँसो भारतको नयाँ दिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो। उडानकै क्रममा एक यात्रुले ‘ह्याण्ड क्यारी’ राख्ने ठाउँमा एउटा मुसो कुदेको देखे। लगत्तै हल्ला खल्ला भयो। यो कुरा चालक दलसम्म पुग्यो।
अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग तीन दशकअघि खरिद गरिएको १९० सिटे बि ७५७(२०० सिरिजको निगमको उक्त जहाज बिहिबार क्याप्टेन सन्तोष शर्माले दिल्लीबाट काठमाडौं ल्याइरहेका थिए। बिच बाटोमै जहाजभित्र मुसा देखिएको यात्रुले बताए पछि काठमाडौं अवतरण हुँनासाथ निगमको इन्जिनियरिङ विभागले यात्रु झारेर जहाजको सबै ढोका बन्द गरी सिल गर्यो।
त्यसपछि जहाज र यात्रु सुरक्षाप्रति संवेदनशील हुँदै निगम व्यवस्थापनले उक्त जहाजलाई विमास्थलमा ग्राउन्डेड गर्योन। जसका कारण सोही जहाजबाट दिउसो २ बजे भारतकै बैंगलोर जाने उडान रद्द हुन पुग्यो । यो उडान पनि क्याप्टेन शर्माले नै उडाउने तालिका थियो ।
बैंगलोर जान एकसयभन्दा बढी यात्रु तयार भएर बसेका थिए । जहाजभित्र यात्रुले मुसा देखेको खबर आएपछि वाध्य भएर जहाज ग्राउन्डेड गर्नुपर्यो निगमका इन्जिनियरिङ डाइरेक्टर केवी थापाले भनेको नागरिक दैनिकमा सुशील भट्टराईले खबर लेखेका छन्।
प्रतिक्रिया