ओलीले मन्त्री बनाएका आलेले दिए देउवालाई विश्वासको मत

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ३, २०७८
|
|
३५ पटक हेरिएको
Shares
ओलीले मन्त्री बनाएका आलेले दिए देउवालाई विश्वासको मत

सारांश

  • नेकपा एमालेका केही सांसदहरुले छापामार शैलीमा गुट परिवर्तन गरेका छन् ।
  • उनीहरुले माधव नेपाल पक्षमा लागेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका हुन् ।
  • देउवालाई मत दिनेमा पूर्ववनमन्त्री प्रेम आले पनि छन् ।

नेकपा एमालेका केही सांसदहरुले छापामार शैलीमा गुट परिवर्तन गरेका छन् । उनीहरुले माधव नेपाल पक्षमा लागेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका हुन् ।

देउवालाई मत दिनेमा पूर्ववनमन्त्री प्रेम आले पनि छन् । उनी ओलीको कार्यकालमा वनमन्त्री बनेका थिए । आलेले गुट परिवर्तन गरेको र विश्वासको पक्षमा मत दिने खुलासा रिपोर्टर्स नेपालले गरेको थियो । त्यतिबेला आलेले विज्ञप्ति जारी गरी भ्रामक खबर भनेका थिए ।

यसैगरी, विगतमा नेपाल पक्षमा रहेर ओली समूहमा लागेका केही सांसदहरुले पनि गुट परिवर्तन गरेका छन् । उनीहरुले आज देउवालाई मत दिएका छन् । माधव नेपाल पक्षमा प्रवेश गरी देउवालाई मत दिएकामा तनहुँका सांसद किसान श्रेष्ठ पनि छन् ।

डोल्पाबाट निर्वाचित धनबहादुर बुढा, मुगुका गोपाल बम, दाङका हिराचन्द्र केसीले पनि विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।

तर, यसअघि नेपाल समूहमा लागेका भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, घनश्याम भुसाल, झपट रावल, दिपकप्रकाश भट्टलगायतले मतदान बहिष्कार गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?