उत्तराधिकारी बन्ने गगनको दाउ, देउवालाई अगाडि राखेर शेखरविरुद्ध खनिए

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०८१
|
|
१७ पटक हेरिएको
Shares
उत्तराधिकारी बन्ने गगनको दाउ, देउवालाई अगाडि राखेर शेखरविरुद्ध खनिए

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र भाग खोज्नेले जिम्मेवारी पनि लिनुपर्ने बताएका छन्।
  • कोशी प्रदेशको सम्मेलनमा विराटनगर पुगेका महामन्त्री थापाले नेता शेखर कोइरालालक्षित गर्दै भाग खोजेपछि जिम्मेवारी पनि लिनुपर्ने बताएका हुन्।

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र भाग खोज्नेले जिम्मेवारी पनि लिनुपर्ने बताएका छन्। कोशी प्रदेशको सम्मेलनमा विराटनगर पुगेका महामन्त्री थापाले नेता शेखर कोइरालालक्षित गर्दै भाग खोजेपछि जिम्मेवारी पनि लिनुपर्ने बताएका हुन्।

सभापति शेरबहादुर देउवासमेत सहभागी उक्त कार्यक्रममा उनले अहिले फरक विचार राख्नेले पनि पार्टीमा स्थान पाइरहेको बताए। सभापति देउवाको सधैं आलोचनामा रमाउने महामन्त्री थापा आज भने सकारात्मक देखिएका छन्।

‘पार्टीमा फरक विचार राख्ने मान्छेलाई पनि समेट्नुपर्छ भनेर अहिले पनि भनिराख्नुभएको छ। जिम्मा पनि त लिनुपर्यो। भातृ संस्थामा पनि त हामीले सभापतिज्यूसँग ६०-४० भनेर भाग लगायौं। अब भातृ संस्थाको अधिवेशन गर्ने कुराको जिम्मा त सबैले लिनुपर्यो नि त। हिजो हामी सबैले ६०-४० भनेर भाग लिएपछि जिम्मा पनि लिनुपर्यो,’– नेता कोइरालालक्षित गर्दै उनले भने।

साथै, पार्टीको गत १४औं महाधिवेशनमा शेखर प्यानलबाट महामन्त्रीमा विजयी भएका थापा देउवासँग नजिकिने प्रयासमा छन्। आगामी महाधिवेशनमा पार्टी सभापतिका दाबेदारसमेत मानिने थापा देउवासँग नजिकिएर संस्थापन पक्षको उम्मेदवार बन्ने कोशिस गरिरहेका छन्।

उनले नेता कोइराललो गत मंगलबार कोशी प्रदेशमा गरेको भेलाको समेत विरोध गरे। ‘संयोजन नगरी गरियो भने मोरङको एउटा पालिकाले पालिकाभरीका सबै बोलाउँछु, जिल्ला सभापति बोलाउँदिन भन्यो भने….,’ महामन्त्री थापाले भने।

नेता कोइरालाले विराटनगरमा गत मंगलबार एकपक्षीय भेला गरेका थिए। जसमा कोशी प्रदेशमा १३७ पालिकामध्ये ११३ पालिकाका सभापतिहरु सहभागी थिए।

कोइराला पक्षको भेलालाई मान्यता नदिइ संस्थापन पक्षले आज छुट्टै भेला गरेको हो। संस्थापन पक्षको भेलालाई शेखर र उनी पक्षधरले भने बहिस्कार नै गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?