गाईघाट बजारनजिकै बम बिस्फोट हुँदा बालक घाइते
सारांश
- काठमाडौं, २८ चैत ।
- उदयपुर जिल्लामा गाईघाट बजारको हवाई फिल्डमा बम विस्फोट भएको छ ।
- बम विस्फोटमा परी एक बालक घाइते भएका छन् ।
काठमाडौं, २८ चैत । उदयपुर जिल्लामा गाईघाट बजारको हवाई फिल्डमा बम विस्फोट भएको छ । बम विस्फोटमा परी एक बालक घाइते भएका छन् ।
बुधबार त्रियुगा नगरपालिका १३ को हवाई फिल्डमा बम विस्फोट हुँदा १४ वर्षीय पारस राई घाइते भएका छन् । हवाई फिल्ड नजिक बेवारिसे शंकास्पद झोला खेलाउने क्रममा बम विस्फोट भएको थियो ।
प्रहरीका अनुसार घाइते बालकको पेटमा गहिरो चोट लागेको छ । बालकको जिल्ला अस्पताल गाईघाटमा उपचार हुँदैछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया