‘उपत्यकाबासीलाई चित्तबुझ्दो प्रहरी सेवा प्रदान गर्छु’ : एआईजी चन्द

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ९, २०७४
|
|
३४ पटक हेरिएको
Shares
‘उपत्यकाबासीलाई चित्तबुझ्दो प्रहरी सेवा प्रदान गर्छु’ : एआईजी चन्द

सारांश

  • काठमाडौं ।
  • महानगरीय प्रहरी प्रमुख एआईजी जयबहादुर चन्दले उपत्यकाबासीलाई चित्तबुझ्दो प्रहरी सेवा प्रदान गर्ने बताएका छन् ।
  • महानगरीय प्रहरीको जिम्मेवारी सम्हाल्दै डीआईजीबाट एआईजीमा बढुवा भएका चन्दले काठमाडौं उपत्यकाको शान्ति सुरक्षा चित्तबुझ्दो बनाउने बताएका हुन् ।

काठमाडौं । महानगरीय प्रहरी प्रमुख एआईजी जयबहादुर चन्दले उपत्यकाबासीलाई चित्तबुझ्दो प्रहरी सेवा प्रदान गर्ने बताएका छन् । महानगरीय प्रहरीको जिम्मेवारी सम्हाल्दै डीआईजीबाट एआईजीमा बढुवा भएका चन्दले काठमाडौं उपत्यकाको शान्ति सुरक्षा चित्तबुझ्दो बनाउने बताएका हुन् ।

महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीको प्रमुखमा पदस्थापन गरेका चन्दले बिहीबारबाट आयुक्त कार्यालयको कमाण्ड सम्हालेका छन् । चन्दलाई महानगरीय प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूले स्वागत गरेका थिए ।

सरकारले आइजीपी नियुक्त गरे पनि सर्वोच्च अदालतले हस्तक्षेप गरी रोकेका चन्द प्रहरीभित्र खरो र एक्सनमा उत्रने अधिकारीका रुपमा चिनिन्छन् । एसएसपी छँदा काठमाडौं प्रहरी परिसरको प्रमुख भैसकेका चन्दले अपराध अनुसन्धान र गुण्डागर्दी नियन्त्रणमामा राम्रो काम गरेर चर्चा कमाएका थिए ।

सधैँ केही न केही नयाँ कार्यक्रम लागु गर्ने र प्रहरीको मनोबल उच्च राख्दै जनता माझ प्रहरीको छवी राम्रो राख्ने चन्दको खुबि रहेको छ । अपराध अनुसन्धान एवं नियन्त्रणमा कहलिएका चन्द प्रहरी कारवाहीमा कुशल, जनसम्पर्क एवं अन्य निकायहरुसँग समन्वय गर्नमा पोख्त र प्रहरी संगठन भित्रकै निकै साहसी प्रहरी अधिकृत मानिन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?