सभामुख महराले यस्तो देखेका रहेछन् अनलाइन मिडियाको चुनौति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
सभामुख महराले यस्तो देखेका रहेछन् अनलाइन मिडियाको चुनौति

सारांश

  • काठमाडौं, १५ जेठ ।
  • सभामुख कृष्णबहादुर महराले पत्रकारिताको मिसन देश, जनता र समृद्धि हुनुपर्ने बताएका छन् ।
  • बुद्धभूमि मिडिया प्रा.

काठमाडौं, १५ जेठ । सभामुख कृष्णबहादुर महराले पत्रकारिताको मिसन देश, जनता र समृद्धि हुनुपर्ने बताएका छन् । बुद्धभूमि मिडिया प्रा.लि.ले शुरु गरेको रिपोर्टनेपाल डटकमको आज (मंगलबार) उद्घाटन गर्दै सभामुख महराले बताएका हुन् ।

“पत्रकारिताको आ–आफ्नै मिसन हुन्छ”, सभामुख महराले भने, “साँचो अर्थमा पत्रकारिता गर्ने हो भने तपाईंहरुले देश र जनतालाई नबिर्सिनुस् । त्यसमै देशको मिसन पूरा हुन्छ । अबको पत्रकारिताको मिसन पनि देश, जनता र समृद्धि नै हुनुपर्दछ ।”

अहिले अनलाइन मिडियाको मुख्य चुनौती विश्वसनीयता स्थापित गर्नु रहेको भन्दै सभामुख महराले मिडियाको विश्वसनीयता कति सत्य, तथ्य र निष्पक्ष हुन्छ, त्यसले नै निर्धारण गर्ने बताए । “तपाईंहरु कति सत्य, तथ्य र निष्पक्ष हुनुहुन्छ, त्यसले नै तपाईंहरुको विश्वसनीयता निर्धारण गर्छ”, उनले भने, निष्पक्ष भएर पत्रकारिता गर्नुभयो भने विश्वासिलो र मर्यादित हुनुहुन्छ ।”

आफूले १० वर्षअघि सञ्चारमन्त्री रहँदा पत्रकारिता क्षेत्रसँग नजिक रहेर काम गरेको चर्चा गर्दै सभामुख महराले नेपाली पत्रकारिताका चुनौती र अप्ठ्याराहरुसँग परिचित रहेको बताए । पछिल्लो समय मिडियाको संख्या निकै बढेको भन्दै उनले अनलाइन मिडियाहरु झनै छ्यापछ्याप्ती भएकोले भीडको बीचमा आफ्नै छुट्टै पहिचान बनाउन रिपोर्टनेपाललाई आग्रह गरे ।

सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार गणतन्त्र दिवसकै दिन शुरु भएको अनलाइन मिडियाले गणतन्त्रको संस्थागत विकास गर्ने देशको मिसनलाई पूरा गर्न पनि सभामुख महराले आग्रह गरेका थिए । विगतमा राष्ट्रियता बिनाको लोकतन्त्र र लोकतन्त्र बिनाको राष्ट्रियता रहेको चर्चा गर्दै सभामुख महराले अहिले लोकतान्त्रिक गणतन्त्रमा राष्ट्रियता र लोकतन्त्र सँगसँगै रहेको बताए ।

“विगतमा राष्ट्रियता थियो, लोकतन्त्र थिएन । लोकतन्त्र थियो राष्ट्रियता थिएन, केन्द्रमा राजा–महाराजा र अमूक शक्ति थियो, उनले भने, “अहिले हामीले लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौं, लोकतन्त्र र राष्ट्रियताको केन्द्र नेपाली जनता बनेका छन् ।” लोकतान्त्रिक गणतन्त्रका निम्ति ठूलो संघर्ष र बलिदान भएको चर्चा गर्दै महराले जनताको शक्तिले मात्रै परिवर्तन सम्भव भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिचोलियो नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग रेस्क्यु टनेल
छिचोलियो नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग रेस्क्यु टनेल
नेपाली सेनाद्वारा आयोजित शिविरमा ३२९ जनाको निःशुल्क शल्यक्रिया
नेपाली सेनाद्वारा आयोजित शिविरमा ३२९ जनाको निःशुल्क शल्यक्रिया
आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश
आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश
गरिबलाई न्याय हुने भवन निर्माणमा नयाँ अवधारणा ल्याइने
गरिबलाई न्याय हुने भवन निर्माणमा नयाँ अवधारणा ल्याइने
कुवेतमा कामदारको अधिकार सम्बोधन गर्न नयाँ कानुन
कुवेतमा कामदारको अधिकार सम्बोधन गर्न नयाँ कानुन
सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु
सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु
सयौं वर्षको इतिहास बोकेको कालिका मन्दिर
सयौं वर्षको इतिहास बोकेको कालिका मन्दिर
राष्ट्र भाषा संरक्षणमा चासो , प्रत्येक समुदायले बोल्ने राष्ट्र भाषालाई पाठ्यक्रममा समाबेश गर्न माग
राष्ट्र भाषा संरक्षणमा चासो , प्रत्येक समुदायले बोल्ने राष्ट्र भाषालाई पाठ्यक्रममा समाबेश गर्न माग
पुष्पलालको ४६औं स्मृति दिवस मनाइँदै
पुष्पलालको ४६औं स्मृति दिवस मनाइँदै
इन्डियन प्रिमियर लिग(आइपिएल) को १०औं संस्करण भोलीदेखि सुरु
इन्डियन प्रिमियर लिग(आइपिएल) को १०औं संस्करण भोलीदेखि सुरु

तपाईंले छुटाउनुभयो कि?