११० वटा कानून एकैपटक परिमार्जन हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
३४ पटक हेरिएको
Shares
११० वटा कानून एकैपटक परिमार्जन हुँदै

सारांश

  • काठमाडौं, १६ पुस ।
  • सरकारले करिब ११० वटा कानून एकैपटक परिमार्जन गर्ने गरी विधेयकको मस्यौदा तयार पारेको छ ।
  • कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको सो विधेयकको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषदमा पुगेको छ ।

काठमाडौं, १६ पुस । सरकारले करिब ११० वटा कानून एकैपटक परिमार्जन गर्ने गरी विधेयकको मस्यौदा तयार पारेको छ । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको सो विधेयकको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषदमा पुगेको छ । मन्त्रालयले यसअघि पनि संविधानअनुसार परिमार्जन गर्नुपर्ने ५६ वटा कानूनलाई समेट्ने गरी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक ल्याएको थियो । उक्त विधेयक संसदीय प्रक्रियामा गइसकेको छ ।

१६ वटा विधेयक मन्त्रिपरिषदमा पेस गर्ने गरी विषयगत मन्त्रालयमा पठाइएको छ भने र १८ विधेयक कानून मन्त्रालयमै छलफलमा रहेका छन् । संविधानअनुसार आगामी फागुन २१ गतेभित्र संविधानसँग बाझिएका १७४ वटा कानून परिमार्जन गरिसक्नुपर्ने छ । तर, हालसम्म परिमार्जनका लागि ५० को हाराहारीमा मात्रै विधेयक तयार भएका छन् । तीमध्ये २० भन्दा बढी विधेयकहरुलाई मन्त्रिपरिषदमा पेस गर्ने गरी कानून मन्त्रालयले स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषदबाट पारित भएर आएपछि विषयगत मन्त्रालयले ती विधेयकहरु संसद सचिवालयमा दर्ता गर्न सक्छन् । तर, विषयगत मन्त्रालयहरुले संविधान अनुकुल नरहेका कानूनहरु आगामी फागुनसम्म परिमार्जन गरिसक्नुपर्ने संवैधानिक दायरालाई गम्भीरताका साथ नलिएको कानून मन्त्रालयको निश्कर्ष छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?