बचत भएको विद्युत्मात्र निर्यात गरिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०८०
|
|
१९ पटक हेरिएको
Shares
बचत भएको विद्युत्मात्र निर्यात गरिने

सारांश

  • काठमाडौँ ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आन्तरिक खपतपछि बचत भएको विद्युत्मात्र निर्यात गर्ने विषयमा सरकारको स्पष्ट दृष्टिकोण रहेको बताएका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युत् विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बस्नेतले बचत भएको विद्युत्को व्यापार कसरी हुनुपर्छ भनेर मार्गचित्र र कार्ययोजना तयार गरेका अवगत गराए ।

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आन्तरिक खपतपछि बचत भएको विद्युत्मात्र निर्यात गर्ने विषयमा सरकारको स्पष्ट दृष्टिकोण रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युत् विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बस्नेतले बचत भएको विद्युत्को व्यापार कसरी हुनुपर्छ भनेर मार्गचित्र र कार्ययोजना तयार गरेका अवगत गराए । साथै उनले कार्ययोजनामा लगानी, उत्पादन, वितरण र व्यवस्थापनका प्रावधान समेटिएको बताए ।

उक्त विधेयक ऊर्जाको विकासका साथै मुलुकको आर्थिक क्षेत्रमा महत्वपूर्ण हुने बताउँदै ऊर्जामन्त्रीले विधेयकमा ऊर्जा विकासका साथै विद्युत् उत्पादन, पूर्वाधार क्षमतालगायत विषय समेटिएका स्पष्ट गरे । उनले विद्युत् क्षेत्रमा आवश्यक सुधारका लागि कानुन बनाउनु परेको बताए े ।

वर्षा र सुक्खा याममा हुने विद्युत् उत्पादन र आपूर्तिको असन्तुलन घटाउन जलाशययुक्त आयोजनालाई प्रोत्साहन र आन्तरिक खपतको रणनीति बनाउन मन्त्रालयले काम गरिरहेको मन्त्री बस्नेतले बताए । साथै उहाँले नवीकरणीय ऊर्जाका लागि बेग्लै विधेयक मस्यौदा तयार गरिएको जानकारी दिए ।

बैठकले ‘विद्युत् विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही असोज २५ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीको स्वार्थमा हुने अनियमित विदेश भ्रमणमा प्रधानमन्त्री ओलीले गरे यस्तो प्रहार
एयरपोर्टमा सुवासको सिन्डिकेट, बामदेवको आडमा यसरी गर्छन डलर र सुनको तस्करी  !
एयरपोर्टमा सुवासको सिन्डिकेट, बामदेवको आडमा यसरी गर्छन डलर र सुनको तस्करी !
क्षयरोग केन्द्रका निर्देशकको कार्यकक्षमा युवा विद्यार्थी संगठनको तालाबन्दी
क्षयरोग केन्द्रका निर्देशकको कार्यकक्षमा युवा विद्यार्थी संगठनको तालाबन्दी
वामदेव पराजय हुनुको कारण खोज्दै एमाले, अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
वामदेव पराजय हुनुको कारण खोज्दै एमाले, अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
इजरायलमा निधन भएकाको सम्मानमा आज राष्ट्रिय शोक
इजरायलमा निधन भएकाको सम्मानमा आज राष्ट्रिय शोक
निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइबाट अस्वीकृत
निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइबाट अस्वीकृत
जनचाहनाअनुसार संविधान संशोधन गरेर हिन्दुराष्ट्र बनाउनुपर्छ : खड्का
जनचाहनाअनुसार संविधान संशोधन गरेर हिन्दुराष्ट्र बनाउनुपर्छ : खड्का
कानुनका कारण खलबलिन थाल्यो पति–पत्नीको सम्बन्ध !
कानुनका कारण खलबलिन थाल्यो पति–पत्नीको सम्बन्ध !
उपेन्द्र यादब सरकारमा जाने, यि मन्त्रालय पाउँदैछन !
उपेन्द्र यादब सरकारमा जाने, यि मन्त्रालय पाउँदैछन !
सलमान-कटरिनाको जोडी भाइरल
सलमान-कटरिनाको जोडी भाइरल

तपाईंले छुटाउनुभयो कि?