आजदेखि मौसम क्रमिकरूपमा सुधार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २५, २०७९
|
|
५२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हुँदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए।

काठमाडौं। नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हुँदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए। उनले अबको दुई दिनपछि नेपालको मौसममा पूर्णतया सुधार हुने बताए।

मौसमविद् भट्टराईले भने, “मनसुन जारी रहे पनि वर्षा गराउने प्रणाली कमजोर भएको छ। आज कर्णाली र सुदूरपश्चिमका केही स्थान र पूर्वका धेरै स्थानमा वर्षा हुने देखिन्छ। भोलिदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सुधार हुन्छ, बिहीबारदेखि देशैभर मौसम सफा रहन्छ।”

जारी मनसुनका साथै आसपास विकास भएको न्यूनचापीय प्रणालीको प्रभावले विगत आठ दिनदेखि निरन्तरको वर्षा पछिल्लो तीन दिनयता खण्डितरूपमा मात्रै भइरहेको छ। मनसुन बाहिरिन अझै एक साता लाग्ने महाशाखाले जनाएको छ।

हाल नेपालमा हरियाणा आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम १८ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पृथ्वी जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने
पृथ्वी जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने
प्रधानमन्त्रीको संसदमा सम्वोधन–चिहानबाट हड्डी फुकेर संस्था ब्युँताउने सपना नदेख्न चेतावनी
प्रधानमन्त्रीको संसदमा सम्वोधन–चिहानबाट हड्डी फुकेर संस्था ब्युँताउने सपना नदेख्न चेतावनी
छात्रावास सञ्चालनका लागि महानगरबाट स्वीकृति लिनुपर्ने
छात्रावास सञ्चालनका लागि महानगरबाट स्वीकृति लिनुपर्ने
न्युजिल्याण्डमा चक्रवातबाट व्यापक क्षति, चार जनाको मृत्यु
न्युजिल्याण्डमा चक्रवातबाट व्यापक क्षति, चार जनाको मृत्यु
कर्णालीको विद्युत् सङ्कट समाधानका लागि सरकारी तत्परता: खरिपाटीबाट पठाइने भयो ‘यान्त्रिक क्रेन’
कर्णालीको विद्युत् सङ्कट समाधानका लागि सरकारी तत्परता: खरिपाटीबाट पठाइने भयो ‘यान्त्रिक क्रेन’
ट्रेन्डिङ नम्वर ३ मा ‘२ रुपैयाँ’को प्रोमो
ट्रेन्डिङ नम्वर ३ मा ‘२ रुपैयाँ’को प्रोमो
खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको आग्रह: लापरबाहीले दृष्टि गुम्ने खतरा
खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको आग्रह: लापरबाहीले दृष्टि गुम्ने खतरा
देउती सामाजिक यथार्थवादी उपन्यास हो: काका
देउती सामाजिक यथार्थवादी उपन्यास हो: काका
कानुन विपरित चलेको समता स्कुल खारेज हुने
कानुन विपरित चलेको समता स्कुल खारेज हुने
कालीगण्डकी प्रसारण आयोजना ४५ प्रतिशत पूरा
कालीगण्डकी प्रसारण आयोजना ४५ प्रतिशत पूरा