मेलामा बिकृती : महिलालाई समस्या

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
मेलामा बिकृती : महिलालाई समस्या

सारांश

  • बैतडी, असोज १५ – अरु धेरै ठाउँमा जस्तै सुदुरपश्चिमका पहाडी जिल्लामा पनि चाडपर्वका बेला मेला लाग्छन् ।
  • साथीसंगीसंग भेटघाट गर्ने, दुख सुख साटासाट गर्ने, चाहिएका सामान किन्ने र मिठा कुरा खानका लागि पनि टाढाटाढाबाट पनि मेला भर्न मानिसहरु पुग्छन् ।
  • यस्ता मेला पहिलेपहिले रातभर लाग्थे ।

बैतडी, असोज १५ – अरु धेरै ठाउँमा जस्तै सुदुरपश्चिमका पहाडी जिल्लामा पनि चाडपर्वका बेला मेला लाग्छन् ।साथीसंगीसंग भेटघाट गर्ने, दुख सुख साटासाट गर्ने, चाहिएका सामान किन्ने र मिठा कुरा खानका लागि पनि टाढाटाढाबाट पनि मेला भर्न मानिसहरु पुग्छन् ।

यस्ता मेला पहिलेपहिले रातभर लाग्थे । दशै, तिहार, बिसु लगायत चाडमा रातभर देउडा गाउने गरिन्थ्यो । तर बिकृती बढेपछि अहिले रातीको साटो दिउँसो मात्र मेला लाग्ने गरेका छन् । तर दिउँसो लाग्ने मेलामा पनि विकृती चुलिएका छन् ।

जाँडरक्सीले मातेर होहल्ला र झैझगडा गर्ने क्रम बढेको छ । यस्तो बेलामा सवैभन्दा सास्ती महिलालाई हुने गरेको बैतडीकी अम्बिका भण्डारीको भोगाई छ । मातेका मानिसले दुब्यर्वहार गर्न खोज्ने भएकाले जोगिएर हिड्नुपर्ने मात्र होइन उनीहरुले बोल्ने अपशब्द  सहनुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । ‘सुनेको नसुन्यै गरेर हिंड्नुको विकल्प छैन उहाँले भन्नुभयो केही भन्यो भने उल्टै आइलाग्छन् ।’

निंगलासैनि दशै मेलामा भेटिएकी भण्डारीले मेलामा बिकृती फैलीदै गएको र महिलालाई हिंसा गर्ने क्रम बढेको अनुभव सुनाउनुभयो । यस्तै अनुभव छ गुरुखोलाकी कमला भट्टको पनि । सिट्टी बजाउने, महिलाको छेउमा आएर अपशब्द बोल्ने नमातेको भएपनि मातेको नाटक गर्दै टाँसिन खोज्ने र द्विअर्थी शब्द बोल्ने गरेको उहाँले बताउनुभयो । महिलालाई देखेपछि कपडा तान्ने, चिमोट्ने गर्दा यस्ता मेलामा निकै समस्या हुने गरेको महिलाको भनाई छ ।

ठाउँ ठाउँमा लाग्ने मेलामा विकृती बढ्दै गएपनि मेला ब्यावस्थापन समितीले यसबारे केही नगरेको महिलाको गुनासो छ । मेलाको ब्यवस्थापन र सुरक्षाका लागी खटिएका प्रहरी र र मेला आयोजकले पनि यी कुरालाई सुनेको नसुन्यै  र देखेको नदेख्यै गर्ने गरेका छन् । यस्ता गतिविधिबारे उजुरी गर्दा आफै जोगिएर हिंड्न आग्रह गर्ने गरिएको छ ।

बैतडीका सबै स्थानिय तहका जनप्रतिनिधीले जाँडरक्सि निषेध गर्ने अभियान जारी राखेपनि प्रभावकारी हुन सकेको छैन । जसले गर्दा भेटघाट र सुखदुख साटासाटका लागि भन्दा पनि जाँडरक्सी खान र महिला जिस्क्याउन मात्र मेलामा जाने क्रम बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?