उपनिर्वाचनको प्रस्तावले नियमित कार्यसूची प्रभावित !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
उपनिर्वाचनको प्रस्तावले नियमित कार्यसूची प्रभावित !

सारांश

  • ठमाडौँ, २५ असोज ।
  • नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलसँगै पार्टीका नियमित कार्यसूची प्रभावित भएको छ ।
  • उपनिर्वाचनमा गौतमलाई अघि सार्ने तयारीपछि पार्टीभित्र र बाहिरबाट व्यापक टीकाटिप्पणी व्यक्त भएपछि सो विषयमा नेकपाको सचिवालय अनिर्णित भएको छ भने शीर्ष नेताबीच आपसी आशङ्कासमेत पैदा भएको छ ।

ठमाडौँ, २५ असोज । नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलसँगै पार्टीका नियमित कार्यसूची प्रभावित भएको छ । उपनिर्वाचनमा गौतमलाई अघि सार्ने तयारीपछि पार्टीभित्र र बाहिरबाट व्यापक टीकाटिप्पणी व्यक्त भएपछि सो विषयमा नेकपाको सचिवालय अनिर्णित भएको छ भने शीर्ष नेताबीच आपसी आशङ्कासमेत पैदा भएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ७ का नेकपाका सांसद रामवीर मानन्धरले नेता गौतमका लागि ठाउँ खाली गर्न आफूले राजीनामा दिन तयार रहेकाले स्वीकृतिका लागि नेतृत्वलाई दिएको पत्र पार्टीको यही असोज २२ गतेको सचिवालय बैठकमा एकाएक प्रस्तुत भएपछि अन्य नियमित कार्यसूची प्रभावित भएको थियो ।

पार्टी एकतालाई तल्लो कमिटीसम्म विस्तार गर्नुपर्ने र सरकार सञ्चालन तथा समन्वयलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएका बेला उपनिर्वाचनको सन्दर्भले विषयान्तर गरेको देखिन्छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानन्धरको पत्र सचिवालय बैठकमा प्रस्तुत गरेपछि मात्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सो विषयमा जानकार हुनुभयो । सो दिनका अन्य कार्यसूचीमा कुनै निर्णय हुन सकेन । सो दिन अर्काे बैठकको कार्यसूची र स्थायी कमिटी बैठकको मिति तय गर्ने विषयमा छलफल भई यही असोज २४ गतेका लागि तोकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको थियो । प्रवक्ता श्रेष्ठले पत्रकारलाई दिएको जानकारीमा मानन्धरको पत्रबारे उल्लेख थिएन । सचिवालयको बैठक पुनः यही असोज २७ गतेका लागि सरेको छ ।

उपनिर्वाचनका विषयमा अध्यक्ष ओली र दाहालबीच बुधबार भएको भेटवार्तामा समीक्षा भएको थियो । सो दिन अपराह्न पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण कार्यक्रममा अध्यक्ष दाहालले पार्टीले हार्र्ने गरी उपनिर्वाचन नगर्ने स्पष्ट पार्नुभएको थियो । यही असोज ५ गतेको सचिवालय बैठकले पार्टीका प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेकामा वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तुत गरेको असन्तुष्टिका विषयमा पनि सचिवालयको बैठकमा छलफल हुन बाँकी छ ।

मध्यमार्गी नेता सक्रिय

नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर लान आह्वान गर्दै हाल देखिएको विवादका विषयमा अध्यक्ष, वरिष्ठ नेता नेपाल, नेता गौतम र अन्य नेतासँग अलग अलग अनौपचारिक भेटवार्ता गर्नुभएको छ । नेता पोखरेलले भन्नुभयो, “उपचुनावको विषयमा पार्टीको बैठकमा औपचारिक कार्यसूची बनाई छलफल नै भएको छैन । मानन्धरको पत्र आएको छ । त्यसमा हाल कुनै निर्णय भएको छैन ।” उहाँले रासससँग कुरा गर्दै भन्नुभयो, “पार्टीको साङ्गठनिक जीवनलाई व्यवस्थित बनाएर एकताको सन्देश देशव्यापी लैजानु अहिलेको आवश्यकता हो । पार्टीको संरचना क्रियाशील नहुँदा पनि साङ्गठनिक स्थितिमा अस्तव्यस्ता देखिएको छ, यो चाँडै सँग्लिएर जान्छ ।”

प्रतिनिधिसभाको गत वर्षको निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट नेपाली काङ्ग्रेसका सञ्जयकुमार गौतमसँग पराजित हुनुभएका नेता वामदेवले पार्टी एकता, शान्ति प्रक्रिया र राष्ट्रिय राजनीतिमा भूमिका खेल्ने भएकाले प्रतिनिधिसभामा उपनिर्वाचनबाट पनि ल्याउन पहल हुँदै आएको छ । उहाँलाई यसअघि बाँके, प्यूठान, दैलेख, डोल्पालगायत जिल्लाका सांसदलाई राजीनामा गराई उपनिर्वाचनमा विजयी गराउने पहल गरिएको थियो ।

प्रकाश सिलवाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरीले आज निःशुल्क बस सञ्चालन गर्दै
नेपाल प्रहरीले आज निःशुल्क बस सञ्चालन गर्दै
भक्तपुर नगरमा सार्वजनिक यातायात भदौ १५ सम्म बन्द
भक्तपुर नगरमा सार्वजनिक यातायात भदौ १५ सम्म बन्द
महानगरपालिकाकाे वार्षिक समीक्षा गोष्ठीमा काँग्रेसका जनप्रतिनिधिले सहभागिता जनाएनन्
महानगरपालिकाकाे वार्षिक समीक्षा गोष्ठीमा काँग्रेसका जनप्रतिनिधिले सहभागिता जनाएनन्
केयूकेएलले ५ लाख लिटरको ट्याँकी खन्दा भक्तपुरमा पहिरो
केयूकेएलले ५ लाख लिटरको ट्याँकी खन्दा भक्तपुरमा पहिरो
मन्त्रीहरुको सेट नै परिवर्तन गर्ने प्रधानमन्त्री ओलीको तयारी !
यी हुन् कांग्रेसले प्रमुख पद जितेको ११७ स्थानीय तह
यी हुन् कांग्रेसले प्रमुख पद जितेको ११७ स्थानीय तह
नेप्से परिसूचक १९ दशमलव ०६ अङ्कले घट्यो
नेप्से परिसूचक १९ दशमलव ०६ अङ्कले घट्यो
नारायणगढ-मुग्लिन सडकमा दुर्घटना रोक्न राडार गन प्रयोग
नारायणगढ-मुग्लिन सडकमा दुर्घटना रोक्न राडार गन प्रयोग
पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति देखि ५८३ जना मृत्यु भएको त्यो हवाई दुर्घटना
पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति देखि ५८३ जना मृत्यु भएको त्यो हवाई दुर्घटना
वैशाख ७ देखि दोस्रो चरणको खोप सुरु हुने

तपाईंले छुटाउनुभयो कि?