मनाेरञ्ज समाचार : शुत्रुघ्न सिन्हाको अफेयरका विषयमा पत्नी पुनमको खुलासा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २४, २०७५
|
|
५५ पटक हेरिएको
Shares
मनाेरञ्ज समाचार : शुत्रुघ्न सिन्हाको अफेयरका विषयमा पत्नी पुनमको खुलासा

सारांश

  • मुम्बई।
  • भाजपा छोडेर कांग्रेसमा प्रवेश गरेका भारतीय अभिनेतासमेत रहेको राजनीतिज्ञ शत्रुघ्न सिन्हाको निजी जीवन धेरै चर्चाको विषयमा भइसकेको छ।
  •   उनको अफेयरकै कुरा गर्दा पनि एक समय थियो बलिउड अभिनेत्री रीना रायको प्रेममा चुर्लुम्म डुबेका थिए।
मुम्बई। भाजपा छोडेर कांग्रेसमा प्रवेश गरेका भारतीय अभिनेतासमेत रहेको राजनीतिज्ञ शत्रुघ्न सिन्हाको निजी जीवन धेरै चर्चाको विषयमा भइसकेको छ।  उनको अफेयरकै कुरा गर्दा पनि एक समय थियो बलिउड अभिनेत्री रीना रायको प्रेममा चुर्लुम्म डुबेका थिए। कतिसम्म भने रीनालाई विवाह गर्न उनको घरमा कोही पुग्यो भने शत्रुघ्न सिन्हा रुन थाल्थे।
पहलाज निहालानीले शत्रुघ्न सिन्हाको बायाग्राफी ‘एनीथिङ बट खामोश’ रीना र शुत्रुघ्नबीचको प्रेमका विषयमा खुलासा गरेका छन्। रीनाले शत्रुघ्नसमक्ष एउटा शर्त राख्दै ८ दिनके अल्टिमेटम दिएकी  थिइन्। ‘१९८२ मा मैले रीनालाई एक फिल्मको अफर गरेको थिएँ। उनले मसँग भनिन् तपाइँको साथी (शत्रुघ्न) सँग भन्नुस मलाइ उनको जवाफ चाहिएको छ। यदि उनी सहमत हुन्छन् भने म उसँग फिल्ममा काम गर्न तयार छु। होइन भने आठ दिनभित्र म विवाह गर्छु,’ निहलानीले लेखेका छन्। उनका अनुसार जब फोनमा उनले शत्रुघ्नलाई यो कुरा बताए, तब शुत्र ठूलो ठूलो स्वरमा रुन थाले। पछि रिनाले पाकिस्तानी क्रिकेटर मोहसिन खानसँग विवाह गरिन्।
भारतीय संचारमाध्यमका अनुसार शत्रुघ्न र रीनाबीच पहिलो भेट फिल्म ‘मिलाप’ को सेटमा भएको थियो। १९७६ मा रिलीज भएको फिल्म ‘कालीचरण’ को सेटमा उनीहरु झनै घनिष्ठ हुन पुगे। र, अफेयर नै सुरु भयो। एक म्यागेजिनलाई दिएको एक अन्तर्वातामा शत्रुघ्नले रीनासँग आफ्नो अफेयर रहेको खुलासा  गरेका छन्। ‘रीनासँग मेरो सम्बन्ध निजी रह्यो। मानिसहरुलाई के लाग्छ भने विवाहपछि रीनाप्रतिको मेरो भावनामा परिवर्तन आयो। तर, त्यस्तो होइन। मलाइ के लाग्छ भने रीनाप्रति मेरो प्रेम झन बढेको छ। म आफूलाई के अर्थमा भाग्यमानी ठान्छु भने रीनाले आफ्नो जीवनको महत्वपूर्ण सात वर्ष मलाइ दिइन्।’
शत्रुघ्नले ९ जुलाई १९८० मा अभिनेत्री पुनम चंदिरामानीसँग विवाह गरेका थिए। तर विवाह गरेको दुई वर्षसम्म उनी रीनासँगै थिए। अझ रमाइलो र यो कुराको खुलासा पुनमले नै गरेकी हुन्। पुनम शत्रु र रीनाबीचको अफेयरका विषयमा सबै कुरा जानकार छिन्।
‘जब मलाइ शत्रु र रीनाबीचको अफेयरका विषयमा थाहा भयो, तब म उनीहरुको बाटोबाट हटेँ। तर शत्रु त्यस्ता युवतीसँग विवाह गर्न चाहँदैन थिए जोमाथि उनको विश्वास नहोस्। मलाइ थाहा थियो, विवाहपछि पनि उनीहरुबीच अफेयर जारी थियो,’ पुनमले एक अन्तर्वातामा भनेकी छन्।
जतिबेला शत्रुले पुनमसँग विवाह गरे, त्यतिबेला रीना कुनै कामको सिलसिलामा लण्डन गएकी थिइन्। जब उनले शत्रुले विवाह गरेको थाहा पाइन तब उनी भड्किइन्। र उनी तत्काल मुम्बई फर्किइन् र विवाह गर्नुको कारण सोधिन्। विवाह गरेको धेरै वर्षसम्म शुत्र रीनासँग नियमित भेट गर्थे। तर यो सम्बन्धको अन्त्य कसरी भयो भन्ने कुरा कसैलाई पनि थाहा छैन।
रीनाकी आमाको के चाहना थियो भने उनकी छोरी शत्रुकी दोस्रो श्रीमती बनुन्। एक अन्तर्वातामा उनले शत्रुले आफ्नी छोरीलाई दोस्री पत्नीका रुपमा स्वीकार गरुन भन्ने चाहेको खुलासा गरेकी हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोहिङ्ग्या विरुद्धको दुव्र्यवहार छानबिन गर्न म्यान्मार अनिच्छुकः संयुक्त राष्ट्रसंघ
रोहिङ्ग्या विरुद्धको दुव्र्यवहार छानबिन गर्न म्यान्मार अनिच्छुकः संयुक्त राष्ट्रसंघ
डेपुटी गर्भनर श्रेष्ठमाथि छानविन गर्न तीन सदस्सीय समिति गठन
डेपुटी गर्भनर श्रेष्ठमाथि छानविन गर्न तीन सदस्सीय समिति गठन
चार देशका राजदूतले राष्ट्रपतिसमक्ष सपथ लिए
चार देशका राजदूतले राष्ट्रपतिसमक्ष सपथ लिए
महिला हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छ : गृहमन्त्री
महिला हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छ : गृहमन्त्री
दैनिक कति पानी पिउने र कसरी पिउने ?
दैनिक कति पानी पिउने र कसरी पिउने ?
भारतीय जनताले २०२० डिसेम्बरभित्र कोरानाविरुद्धको भ्याक्सिन लगाउन पाउने, नेपालमा कहिले होला ?
एक सय विपन्न परिवारलाई घर निर्माण
एक सय विपन्न परिवारलाई घर निर्माण
क्युवामा दुई दिन शोक मनाइने, मृत्यु हुनेको संख्या १०७
क्युवामा दुई दिन शोक मनाइने, मृत्यु हुनेको संख्या १०७
असोज १९ गते ११ः५१ बजे विजया दशमीको उत्तम साइत
असोज १९ गते ११ः५१ बजे विजया दशमीको उत्तम साइत
सरकारी कर्मचारीलाई आइफोन बोक्न चीनले लगायो प्रतिबन्ध
सरकारी कर्मचारीलाई आइफोन बोक्न चीनले लगायो प्रतिबन्ध