प्रधानमन्त्री अाेली नेपाली कांग्रेसका पूर्वमन्त्रीका ‘फ्यान’,

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २२, २०७५
|
|
३६ पटक हेरिएको
Shares
प्रधानमन्त्री अाेली नेपाली कांग्रेसका पूर्वमन्त्रीका ‘फ्यान’,

सारांश

  • काठमाडौं, २२ कात्तिक ।
  • नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ठूलो फ्यान रहेको बताएका छन् ।
  • उनले भने,”उहाँ मेरो फ्यान हो ।

काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ठूलो फ्यान रहेको बताएका छन् । उनले भने,”उहाँ मेरो फ्यान हो । म पनि ओलीको फ्यान हुँ । अहिले ओली सरकारको विरोध गर्नुको कुनै औचित्य छैन् । कांग्रेसले पनि अहिले विरोध गर्नुहुँदैन् । यो सरकारलाई ५ वर्षसम्म ढुक्कले काम गर्न दिनुपर्छ ।”

बुधबार राति रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रमपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै पूर्वमन्त्री गुरुङले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीको प्रशंसामा समय खर्चिएका उनले भने,”ओलीजीसँग स्पष्ट भीजन छ । विकास र समृद्धिको खाका उहाँसँग छ । उहाँले रेल र पानीजहाज दुवै चलाउनुहुन्छ । उहाँले गरेको कामको म उच्च मुल्यांकन गर्छु । विकास र समृद्धितर्फ मुलुक अघि बढ्नुपर्छ । र, भ्रष्टाचार अन्त्य हुनुपर्छ । यसमा ओली सफल हुनुपर्छ ।” त्यस्तै उनले वर्तमान श्रममन्त्री गोकर्ण विष्टले पनि राम्रो काम गरेको भन्दै प्रशंसा गरे । वैदेशिक रोजगारको क्षेत्रलाई मन्त्री विष्टले व्यवस्थित् गर्ने काम गरेको भन्दै उनले खुलेर प्रशंसा गरे । उनले भने-“मैले सुरु गरेका कतिपय कामहरु पूरा भएका थिएनन् । तर, उहाँले गरेर देखाउनुभयो । मैलेभन्दा राम्रो काम उहाँले गर्नुभयो ।”

कांग्रेस पार्टी अब एक भएर अघि बढ्ने उनले विश्वास दिलाए । “अब अनेकतापनि एकतामा परिणत हुन्छ । गुट उपगुट अन्त्य हुन्छ । सभापति देउवाजी र बरिष्ठ नेता पौडेलजीबीच अब कुरा मिल्छ । यसमा कुनै शंका छैन्”-उनले भने,”मुलुक समृद्धितर्फ अघि बढिरहेको छ । अब हाम्रो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलिउड अभिनेता रणवीर कपुर कोरोना संक्रमित
बलिउड अभिनेता रणवीर कपुर कोरोना संक्रमित
दिपक कुईंकेलको दाबी “माधव नेपालले  सर्वनाक हार ब्यहाेर्छन ।”
दिपक कुईंकेलको दाबी “माधव नेपालले सर्वनाक हार ब्यहाेर्छन ।”
चार वर्षपछि कोरला नाका खुल्यो
चार वर्षपछि कोरला नाका खुल्यो
पञ्चै र नौमती बाजा संरक्षणमा केआइसिंह
पञ्चै र नौमती बाजा संरक्षणमा केआइसिंह
अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेशनल २०१८ को उपाधि नेपाललाइ
अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेशनल २०१८ को उपाधि नेपाललाइ
कतारले नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध लगायो
कतारले नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध लगायो
झापा–५ मा को बलियो ? अध्यक्ष ओली कि कांग्रेसका अधिकारी
झापा–५ मा को बलियो ? अध्यक्ष ओली कि कांग्रेसका अधिकारी
सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ : महासचिव गुटेरेस (पूर्णपाठ)
सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ : महासचिव गुटेरेस (पूर्णपाठ)
स्पेनिस ला लिगा : आफ्नै घरेलु मैदानमा रियल म्याड्रिड पराजित
स्पेनिस ला लिगा : आफ्नै घरेलु मैदानमा रियल म्याड्रिड पराजित
भिसा उल्लंघन गर्ने कामदारले पाए स्थिति सुधार्ने अवसर
भिसा उल्लंघन गर्ने कामदारले पाए स्थिति सुधार्ने अवसर