उपराष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १६, २०७३
|
|
२९५ पटक हेरिएको
Shares
उपराष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार

सारांश

  • उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ विरामी भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
  • प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री कृष्णबहादुर महराले पुनको स्वास्थ्य अवस्थाबारे सोमबार जानकारीसमेत लिएका छन् ।
  • चार दिन पहिलेदेखि रिंगाटा लाग्ने, बान्ता आउने, ज्वरो आउने समस्या उनलाई देखिएको थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ विरामी भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री कृष्णबहादुर महराले पुनको स्वास्थ्य अवस्थाबारे सोमबार जानकारीसमेत लिएका छन् ।

चार दिन पहिलेदेखि रिंगाटा लाग्ने, बान्ता आउने, ज्वरो आउने समस्या उनलाई देखिएको थियो । निवासमै उपचार गर्दा समस्या कम नभएपछि आइतबार राति साढे नौ बजे थप उपचारको लागि नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

डाक्टरहरुले पुनको शरिरमा सोडियम र पानीको मात्रासमेत कम देखिएको बताएका छन् । यद्यपी उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।

केही वर्षअघि पुनको मिर्गौलामा समस्या देखिएको थियो । त्यसको उपचारका लागि विदेश लैजान खोज्दा पुन आफैले विदेश नजाने बरु स्वदेशमै उपचार गर्ने अडान लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री देउवालाई बाबुराम भट्टराईको ज्ञापनपत्र, के लेखिएको छ ? (ज्ञापनपत्रसहित)
प्रधानमन्त्री देउवालाई बाबुराम भट्टराईको ज्ञापनपत्र, के लेखिएको छ ? (ज्ञापनपत्रसहित)
कोपा अमेरिका: पानामाले अमेरिकालाई हरायो
कोपा अमेरिका: पानामाले अमेरिकालाई हरायो
भक्तपुरको विकासमा यसरी जुट्दैछन् सांसद महेश बस्नेत
भक्तपुरको विकासमा यसरी जुट्दैछन् सांसद महेश बस्नेत
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
खेतको काम सकेर घर जाँदा खोलाले बगाएर मृत्यु
खेतको काम सकेर घर जाँदा खोलाले बगाएर मृत्यु
पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा
पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा
लगातार ४५ दिनसम्म PUBG खेल्दा एक युवकको मृत्यु
लगातार ४५ दिनसम्म PUBG खेल्दा एक युवकको मृत्यु
संयुक्त सैन्य अभ्यासबारे सत्तारुढ सांसदले नै गरे सरकारको आलोचना
संयुक्त सैन्य अभ्यासबारे सत्तारुढ सांसदले नै गरे सरकारको आलोचना
पचास हजार घुस रकमसहित दुई पक्राउ
पचास हजार घुस रकमसहित दुई पक्राउ
खेल क्षेत्रमा उच्च लगानी रहेको छ : मुख्यमन्त्री राई
खेल क्षेत्रमा उच्च लगानी रहेको छ : मुख्यमन्त्री राई

तपाईंले छुटाउनुभयो कि?