निर्वाचनको तयारी अन्तिम चरणमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ८, २०७६
|
|
२१ पटक हेरिएको
Shares
निर्वाचनको तयारी अन्तिम चरणमा

सारांश

  • राष्ट्रियसभा सदस्य पदमा सुदूरपश्चिम प्रदेशबाट निर्वा्चित हुने दुई सदस्य पदका लागि बिहीबार हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
  • निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश बिदुर काफ्लेले सो निर्वाचनको मतदाताका रूपमा रहेका प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख ÷उपप्रमुख र गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष मतदानस्थलमा पुग्ने क्रम शुरु भएको बताउनुभयो ।
  • प्रदेशको पुरानो सदरमुकाम डोटीको सिलगढीस्थित पद्मपब्लिक हाइस्कुललाई मतदान केन्द्र तोकिएको छ ।

राष्ट्रियसभा सदस्य पदमा सुदूरपश्चिम प्रदेशबाट निर्वा्चित हुने दुई सदस्य पदका लागि बिहीबार हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश बिदुर काफ्लेले सो निर्वाचनको मतदाताका रूपमा रहेका प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख ÷उपप्रमुख र गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष मतदानस्थलमा पुग्ने क्रम शुरु भएको बताउनुभयो ।

प्रदेशको पुरानो सदरमुकाम डोटीको सिलगढीस्थित पद्मपब्लिक हाइस्कुललाई मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभामा रहेका ५३ सदस्य र प्रदेशका ८८ स्थानीय तहका प्रमुख÷उपप्रमुख १७६ गरी कूल मतदाता २२९ रहेका छन् । मतदाताको मतभार भने फरक–फरक रहेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार एक प्रदेशसभा सदस्यको मतभार ४८ रहेकामा स्थानीय तहका एक पदाधिकारीको मतभार १८ रहेको छ । प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३९, नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सदस्य छन् । प्रदेशबाट निर्वा्चित हुने दुई राष्ट्रियसभा सदस्य पदका लागि चारको उम्मेदवारी परेको छ । महिलातर्फ नेकपाले शारदा भट्ट तथा अन्य समूहतर्फ तारामान स्वार र नेपाली काँग्रेसले महिला तर्फ तुलसी देवकोटा तथा अन्य समूहतर्फ प्रतापसिंह ठगुन्नालाई उम्मेदवार बनाएको छ ।

(emdrprofessionaltraining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?