एकल महिला र उनीहरुका छोराछोरीलाई अर्बुद रोगको उपचारमा छुट दिइने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २४, २०८०
|
|
२६ पटक हेरिएको
Shares
एकल महिला र उनीहरुका छोराछोरीलाई अर्बुद रोगको उपचारमा छुट दिइने

सारांश

  • काठमाडौँ ।
  • एकल महिला र उनीहरुका १८ वर्षमुनिका छोराछोरीलाई अर्बुद रोगको उपचारमा ललितपुरको हरिसिद्धीस्थित ‘नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर’ले छुट दिने विषयमा सहमति भएको छ ।
  • उक्त विषयमा आज अस्पताल र मानवअधिकारका लागि महिला, एकल महिला समूहबीच समझादारी भएको छ ।

काठमाडौँ । एकल महिला र उनीहरुका १८ वर्षमुनिका छोराछोरीलाई अर्बुद रोगको उपचारमा ललितपुरको हरिसिद्धीस्थित ‘नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर’ले छुट दिने विषयमा सहमति भएको छ ।

उक्त विषयमा आज अस्पताल र मानवअधिकारका लागि महिला, एकल महिला समूहबीच समझादारी भएको छ । समूहको केन्द्रीय कार्यालय, छहारी भवन, बूढानीलकण्ठ–५ मा भएको कार्यक्रममा अस्पतालका अध्यक्ष डा सुदीप श्रेष्ठ र समूहका अध्यक्ष कविता पाँडेले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । सो समूहमा करिब ८० हजार सदस्य छन् ।

सम्झौताबमोजिम रेडियोलोजी, ल्याबोरोटरी, श्यया, स्वास्थ्य हेरचाह र निरोगी कार्यक्रममा १० प्रतिशत र रेडिएसन थेरापी र किमोका लागि पाँच प्रतिशत छुट दिइनेछ । नेपाल सरकारले जटिल रोगको शल्यक्रियाका लागि रु एक लाखसम्म अनुदान पनि दिँदै आएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य एवं समूहका संस्थापक अध्यक्ष लिली थापाको उपस्थितिमा भएको कार्यक्रममा अस्पतालले अर्बुद रोगमा ‘वेलनेस प्याकेज’ अन्तर्गत समूहका सदस्यलाई उपचारमा छुट दिने अस्पतालका सञ्चालक सदस्य स्वरुपा श्रेष्ठले जानकारी दिए । उनले अर्बुद भएर निको भएकालाई देख्दा अरुलाई पनि उत्प्रेरणा हुने भएकाले यो रोग लाग्दैमा मरिँदैन भन्ने जागरण फैलाउन आग्रह गरे ।

बूढानीलकण्ठका प्रमुख मीठाराम अधिकारीले विपन्न, असहाय र गरिब परिवार र बिरामीलाई नगरपालिकाका तर्फबाट पनि स्वास्थ्य सेवामा विशेष सहयोगका कार्यक्रम राखिएको जानकारी दिए । कार्यक्रममा अर्बुद रोग लागेर निको भएकी एकल महिला प्रतिमा विष्टले सुरुमा रोग लागेका थाहा पाउँदा दुःख लागे पनि हाल आफू काममा निस्कन सक्ने भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा २४ घण्टामा ४२९ जना कोरोना संक्रमित थपिए
कोरोनाबाट थप ८ जनाको मृत्यु, कुल मृतकको सख्या १८४० पुग्यो
कोरोनाको संक्रमणबाट जोगिन सतर्कता अपनाऔं, ठूलो भीडमा गएर होली पनि नखेलौं : डा. बास्तोला
कोरोनाको संक्रमणबाट जोगिन सतर्कता अपनाऔं, ठूलो भीडमा गएर होली पनि नखेलौं : डा. बास्तोला
साफकप २०१८ को प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीमा
साफकप २०१८ को प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीमा
एक साताभित्र संशोधन प्रस्ताव पारित नभए संसद छाड्ने राजपा नेताको चेतावनी
एक साताभित्र संशोधन प्रस्ताव पारित नभए संसद छाड्ने राजपा नेताको चेतावनी
धर्मको नाममा झुक्याउदै धर्म परिवर्तन !!!
धर्मको नाममा झुक्याउदै धर्म परिवर्तन !!!
हरेक मुद्दा मिलापत्रमा टुंगाउन नहुने प्रधानमन्त्री ओलीको जोड
हरेक मुद्दा मिलापत्रमा टुंगाउन नहुने प्रधानमन्त्री ओलीको जोड
मनाेरञ्जन समाचार: नाना पाटेकरलाई बलिउडले दुःखमा पनि साथ दिएन, आमाको निधनमा भए एक्लै
मनाेरञ्जन समाचार: नाना पाटेकरलाई बलिउडले दुःखमा पनि साथ दिएन, आमाको निधनमा भए एक्लै
सामाजिक सुरक्षामा ५९ हजार वैदेशिक क्षेत्रका श्रमिक आबद्ध
सामाजिक सुरक्षामा ५९ हजार वैदेशिक क्षेत्रका श्रमिक आबद्ध
आज ३ सय ६२ संक्रमित थप, ६९९ जना डिस्चार्ज
आज ३ सय ६२ संक्रमित थप, ६९९ जना डिस्चार्ज

तपाईंले छुटाउनुभयो कि?