मुग्लिन नारायणगढ सडकमा पहिरो जाँदा यात्रु रोकिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १३, २०७५
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • चितवन १३ असार- नारायणगढ मुग्लिन सडकखण्ड अन्र्तगत चारकिलो भन्ने ठाउँमा आज बिहान पहिरो खस्दा यात्रु रोकिएका छन् ।
  • उच्च जोखिममा रहेको सो सडकखण्डमा विस्तारको क्रममा रहेको छ ।
  • वर्षातको समयमा पहिरो जाँदा यात्रुहरुले सास्ती पाउने गरेका छन् ।

चितवन १३ असार- नारायणगढ मुग्लिन सडकखण्ड अन्र्तगत चारकिलो भन्ने ठाउँमा आज बिहान पहिरो खस्दा यात्रु रोकिएका छन् ।

उच्च जोखिममा रहेको सो सडकखण्डमा विस्तारको क्रममा रहेको छ । वर्षातको समयमा पहिरो जाँदा यात्रुहरुले सास्ती पाउने गरेका छन् ।

नारायणगढ—मुग्लिन सडकखण्डका सूचना अधिकारी खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ । पहिरो खसेलगत्तै काम पन्छाउने काम अघि बढेकाले बिहान ११ बजेसम्ममा हटाउन सक्ने बताए ।

त्यसै ठाउँमा हिजो बिहान पहिरो खसेपछि ११ घण्टा सवारी आवागमन अवरुद्ध बनेको थियो । बेलुकी ४ बजे पहिरो पन्छाएपछि यात्रुले हैरानी बेहोरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?